माछापुच्छ्रे एफएमको साहित्यिक, सांगितीक एवं स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

कृष्ण आचार्य/ पोखरा, ०७ जेठ /पोखराको पहिलो एफएम माछापुच्छ्रे एफएम ९१ मेगाहर्जले आयोजना गरेको साहित्यिक, सांगितीक एवं स्रस्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी एफएमले साहित्यिक, सांगितीक एवं स्रस्टा सम्मान कार्यक्रम – २०७५ सम्पन्न गरेको हो ।

कार्यक्रमको अबसरमा लामो समय देखि पोखरामा रहेर स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै बरिष्ठ रेडियोलोजिष्ट डाक्टर कालु शर्मा सुबेदीलाई सम्मान गरिएको थियो । डाक्टर सुबेदीको तर्फबाट उनकी जिबन सङ्गिनी इन्दिरा शर्मा सुबेदीले सम्मान ग्रहण गरेकी थिईन् । यस्तै रेडियोका उत्कृष्ट दुई कर्माचारी समाचार शाखाबाट समाचार प्रस्तोता सरु गुरुङ र कार्यक्रम प्रस्तोता अन्सु शाक्यलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै मेयर जिसीले आफु समृद्द महानगर बनाउन लागि परेको बताउदै यसका लागि सबैको सकरात्मक सहयोग रहनुपर्ने बताए ।उनले यसका लागि संचार क्षेत्रको झन महत्वपुर्ण भुमिका हुने भन्दै पोखराको संचारको क्षेत्रमा माछापुच्छ्रे एफएमले ठुलो भुमिका खेलेको बताए ।

माछापुच्छ्रे एफएमका प्रबन्ध निर्देशक देब क्षेत्रीले पोखराको रेडियोहरुको इतिहासमा माछापुच्छ्रे एफएमको स्थान र परिचय अरु भन्दा फरक रहेको बताउदै यस रेडियोलाई अझै जन आवजका रुपमा अगाडि बढाउन आफु र आफ्नो टिम लागि पर्ने प्रतिबद्दता ब्यक्त गरे । एफएमकी स्टेशन म्यानेजर रेनु थापाले रेडियोहरु आफ्नो दैनिक तालिका भन्दा बाहिर आएर समाजिक काममा पनि क्रियाशिल हुन आवश्यक रहेको बताउदै आफुहरु त्यो प्रयासमा जुटेको बताईन् ।

कार्यक्रममा चर्चित पप गायिका आस्था राउत र पोखराको पुरानो चर्चित लेकाली व्याण्डले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई छमछमी नचाएका थिए । पप गायिका राउतले चौबन्दीमा पटुकी बोलको गित गाउँदा हल निकै तातेको थियो भने लेकाली ब्याण्डको यो मुटुमा माया धेरै बोलको गितले हललाई नै तरङ्गित पारेको थियो ।

कार्यक्रमा पोखरामा क्रियाशिल १५ जना साहित्यकारहरुले आफ्ना साहित्यिक रचना वचन समेत गरेको थिए भने साथमा करातेको पनि प्रस्तुति देखाइएको थियो । माछापुच्छ्रे एफ एम र गोल्डेन आई टेलिभिजनबाट प्रत्यक्ष प्रशासरण गरिएको कार्यकमको संचालन संचारकर्मीहरु गोबिन्द सिंञाली , अभिनय क्षेत्री र अन्सु शाक्यले गरेका थिए । कार्यक्रम रेडियोका प्रबन्ध निर्देशक देब क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...