मेलानकोली (रोदन) असोज ७ मा पोखरामा प्रदर्शन हुँदै

पोखरा, २९ भदौ/विश्व रेकर्ड कायम गर्न सफल तीन सय पैसठ्ठी जना स्रष्टाको आवाजमा रेकर्ड गरिएको वातावरण सम्बन्धि गीतको डकुमेन्टी असोज ७ गते प्रदर्शन गरिने भएको छ । मेलानकोली (रोदन) नाम दिइएको ३३ मिनेट ४९ सकेण्डको गितमा राष्ट्रकवि माधवप्रसाद घिमिरे देखि ५ वर्षका निस्पल अधिकारी सँगै ३सय ६५ जना ख्याति प्राप्त गायक गायिकाको स्वरमा उक्त गित २०७३ जेष्ठ ६ गते रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो ।

डकुमेन्टिका निर्माता वातावरण विज्ञ एवम परिकल्पनाका निपेश ढाकाले चार वर्षको अवधिमा नेपालका ६३ जिल्ला घुमेर त्यहाँको रहन सहन र संस्कृति एवम वातावरणको अध्ययन र अनुसन्धानबाट गितका शब्दको सृजना भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

उनले विश्व रेकर्ड कायम गर्नकालागि मात्रै नभएर मानव जातिको अस्तित्व वातावरण सँग जोडिएकाले यसको महत्वलाई गीतको माध्यमबाट उजागार गरेको बताए । जैविक विविधता भएका जलाधार क्षेत्र तथा परिस्थिकिय प्रणालीको महत्व साथै हिमाल र चुरे भावर क्षेत्रको संरक्षणको लागि चेतना फैलाउने हुँदा वातावरण संरक्षणमा सचेतना दिने प्रमुख उद्देश्य रहेको पनि उनले बताए ।

पोखराका हरिदेवि कोइराला, रामभक्त जोजिजु, विनोद बाँनिया, इतु जोजिजु लगायतको समेत आवाज रहेको सो गितको भाद्र १७ गते काठमाडौंमा राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा विमोचन गरिएको थियो । असोज ७ गते पोखराको श्रीकृष्ण हलमा पाँच सय र एक हजारको टिकटमा १ घण्टा ५४ मिनेटको डकुमेन्ट्रि प्रर्दशन हुँदैछ ।

कमेन्टहरु
Loading...