गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौ’ चर्चामा

पोखरा, २२ साउन / गायिका स्मिता दाहालको नयाँ गीत ‘मायालु तिमी कता छौ’ चर्चामा आएको छ । गीतको भिडियोमा कार्टुन्ज क्रु’ का सरोज अधिकारी, आश्मा विश्वकर्मा सहित स्मिता दाहालले अभिनय देख्न सकिन्छ ।

गीतमा स्मितासँगै राजनराज शिवाकोटीले पनि स्वर दिएका छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

सेट लगाएर खिचिएको भिडियोमा वर्षाका कारण कोठामा डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाइएको छ । भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् ।

भिडियोमा पानी गरेका छन् । राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो सञ्जय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी भिडियोमा रहेको छ । युटुबमा २४ घण्टा नहुदै ५ लाख बढिले हेरेका छन् ।

कमेन्टहरु
Loading...