तनँहुको धयरेमा कौरा गीतको सुटिङ

पोखरा, ७ असोज /‘सञ्जोगैले भेटभोे तँनहुमा, एति राम्री नानी देख्दा के साइनोले बोलाम म…’ बोलको कौरा गीतको सुटिङ्ग तँनहुको धयरेमा शुक्रवार सकिएको छ । टुडे पोखरा प्रालिको पहिलो प्रस्तुति तथा पत्रकार छबि घर्तिमगर र साबित्री रानामगरको कौरा गीतमा लय, शब्द, तथा स्वर छवि घर्तिमगरको छ भने साबित्री रानामगरले शब्द तथा स्वर रहेको छ ।

छ वटा टुक्का भएको कौरा गीत तँनहुको धयरेस्थित पूरानो शैलीको टुकराज अधिकारीको घरमा सुटिङ्ग गरिएको हो । गीतमा १४ जना कोरसहरु राखिएको छ । कोरसहरु स्टार स्टुडियो प्रालिका संचालक तथा गुरुङ चलचित्रकर्मी जसु गुरुङले उपलब्ध गराएकी थिइन् । गीतमा नेपाल मगर बिद्यार्थी संघ कास्कीका सचिव प्रेम बुढामगर तथा सरिता थापामगरले अभिनय गरेका छन् । मगरहरुको प्रचलित कौरा गीत विषेशगरि पश्चिमाञ्चलको पनि तँनहुमा गाइन्छ ।

कौरा गीत तँनहुको सेरोफेरोलाई समेटेर र पूर्वको केटा पश्चिमकी केटी तँनहु भेट भएर प्रचलित कौरा गीतमा नाच्न आग्रह गरेपछि गीतको सुरुवात हुन्छ । गीतमा “देउरालीको भैरम भाकेर चोखो माया लाइलदेउ भेना दिलै भित्र राखेर” केटीको अन्तिम टुक्का राखेर बिट मारिएको छ । डकुमेन्ट्रि निर्देशक, किताब लेखक एवं पत्रकार मनोज घर्तीमगर र स्टार स्टुडियो प्रा.लिकी संचालक तथा गुरुङ चलचित्रकर्मी जसु गुरुङले गीतको निर्देशन गरेका छन् । गीतको कोरियोग्रफी मनोहर रानामगर गरेका हुन् भने सुमन गुरुङ्ग र अनिस श्रेष्ठले भिडियो खिचेका छन् ।

गीतको विषेश सहयोगी सुजन तमु, पशुपति ठकुरी, टाइगर फिल्मस् प्रा.लि संचालक तथा निर्देशक गोविन्द पुनमगर, कतारमा रहनुभएका सहयोगी नेपाली मनहरु प्रा.लिका अध्यक्ष लोकेश गैरे, उपाध्यक्ष चित्र आलेमगर,गायिका रुपा राना मगरले सहयोग गरेका छन् । सुटिङ्ग लागी स्थानीय ठकुरी आमा समुह, अकलादेवी मगर संघले सहयोग गरेका थिए । गीतको अडियो र भिडियो गरी १ लाखमा निर्माण सकिएको हो । गीतको भिडियो दशै अगाडीनै टुडे पोखराको युटूब च्यानमार्फत बिमोचन गरिने गायक छवि घर्तिमगरले बताए ।

कमेन्टहरु
Loading...