कपिल शर्मालाई एक पछि अर्को झड्का, सेलेब्रेटी पनि आउन चाहेनन् शोमा

एजेन्सी, ११ चैत /कपिल शर्माका एक पछि अर्को झड्का लाग्न थालेको छ । हालै ‘द कपिल शर्मा शो’ बाट कपिलका सहकर्मीहरु सुनिल ग्रोवर, अली असगर र चन्दन प्रभाकरले शो छाडे। उनीहरु शोमा नभएपछि निर्माताले राजु श्रीवास्तव, एहसान कुरेसी र सुनील पललाई बोलाएका थिए।

तर कपिल अहिले एकदमै एक्ला भएका छन्। किनकि उनको कार्यक्रमको टोली त उनले गुमाए नै कार्यक्रममा अतिथि समेत कोही भएनन्। बलिउड सेलेब्रेटीहरु पनि उनको शोमा आउन चाहेनन्।  बुधबारको सुटिङमा बोलाइएका सेलेब्रेटी आउन नचाहेपछि सुटिङ नै क्यान्सिल भएको थियो।

हालै शोका लागि मनोज बाजपेयी र तापसी पन्नुसँग सुटिङ गरे पनि कार्यक्रममा सुगन्धा मिश्रा पनि आउन मानिनन्।  यो सबै घटना कपिलले प्लेनमा आफ्ना सहकर्मी सुनिल ग्रोवरलाई गरेको नराम्रो व्यवहारका कारण भएका हो।

एयर इन्डियाको प्लेनमा गत शुक्रबार कपिल आफ्नो टोलीसँग अस्ट्रेलियाबाट भारत फर्किरुहेका थिए। रक्सीले मातेका कपिल अरुले आफूबिनै खाना खाएको भनेर रिसाएका थिए। आफूले खानै सुरु नगरीकन किन खाएको भन्दै उनले सबैलाई ठूलो स्वरले कराएको बताइएको छ। उनी कराएपछि उनका टोली सदस्यले प्लेट फर्काएका थिए।

रिसाएका कपिललाई सुनिलले शान्त पान खोज्दा कपिलले सुनिललाई आफ्नो जुत्ता खोलेर हिर्काएका थिए। कपिलले सुनिललाई धेरैपटक थप्पड हानेको र यस क्रममा महिला सदस्यहरुलाई पनि चोट लागेको बताइएको छ।  कपिलले यति गर्दा पनि सुनिल भने शान्त र चुप रहेका थिए। यो घटना बाहिरिएपछि सुनिलसँग कपिलले माफी माागेका थिए। तर सुनिलले कपिललाई ‘जति जनावरको माया गर्छौ त्यति मानिसलाई नि गर्न सिक’ भनिदिए।

यसपछि कपिलको सर्वत्र आलोचना सुरु भयो र उनको टोलीका सदस्यले शो छाड्दै गए। हाल आएर कपिलको शोमा सेलेब्रेटी पनि आउन नचाहेपछि उनी नितान्त एक्लिएका छन्। अब उनको शो कसरी चल्छ भन्नेबारे विभिन्न टिप्पणी हुँदै आएको छ।

कमेन्टहरु
Loading...