दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने

पोखरा, २१ पुस /खासगरि नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’काव्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । ‘अतिथी सत्कारको लागिपर्यटकीय होटल, रेस्टुरेन्ट तथाअन्य क्षेत्रहरु बढि सम्बन्धित छन् । र, यो कन्टेस्टमा सोहि क्षेत्रसँग आबद्ध रहेका सबै उमेर समूहकामहिलातथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।’ आयोजकएपी इन्टरटेनमेन्ट प्रालिकाप्रबन्धनिर्देशकअर्जुन पाण्डेले भने–‘हस्पिटालिटी क्षेत्रमा आबद्ध हुनेहरुको लागि यो एउटा विशेष मञ्चको रुपमाहामीले अगाडि सारेका छौँ ।’

आयोजकले यो इभेन्टका लागि देशव्यापीआवेदनआह्वान गरेको जनाएको छ । यो इभेन्टको पहिलो अडिसन पोखरामा माघ ७गते हुनेछ भने दोस्रो अडिसन बुटवलमा माघ १३ गते हुनेछ । त्यस्तै पहिलो चरणको अन्तिम अडिसन काठमाण्डौमाहुने आयोजकएपी इन्टरटेनमेन्टले जनाएको छ । पहिलो चरणको अडिसनमा ८० जनाप्रतिस्पर्धीले आवेदनदिने अनुमान गरेको आयोजककम्पनीले फाइनलकालागिभने ३० जनामात्रै प्रतिस्पर्धीलाई छनौट गर्नेछ ।

‘कन्टेस्ट’मा सहभागीहुने प्रतिस्पर्धीकालागिवारिष्टा ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिपतथा सेल्फमार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतकातालिमहरु आयोजकले व्यवस्था गरेको छ । कन्टेस्टमा सहभागीभई विजेताबन्नेकालागिदुबई र थाइल्याण्डको भ्रमण अवसरका साथै विभिन्नतारे होटलहरुमा जागिरको व्यवस्थागरिने आयोजकले बताएको छ ।

त्यो सँगै भिडियो तथाफोटोसुटसँगै विभिन्नकम्पनीको विज्ञापनमा अवसर प्रदानगरिने उसले जानकारी दिएको छ । त्यस्तै विभिन्न फेशनशो, म्यूजिक भिडियो र म्यागजिनको कभरमाविजेताहरुलाई ‘स्पेस’ दिईने आयोजकले जनाएको छ । यो प्रतियोगिताको विजेतालाई नगद २५ हजार, फस्ट रनरअपलाई १५ हजार र सेकेन्ड रनरअपलाई १० हजार रुपैयाँनगदपनिउपलब्ध गराईने आयोजकले बताएको छ ।

पत्रकार सम्मेलनमा अघिल्लो सँस्करणको विजेता रेशमकुमालले आफू ‘हस्पिटालिटी कन्टेस्ट’को विजेताबनिसकेपछि थुप्रै अवसरहरु प्राप्त गरेको बताउँदै नयाँआउने प्रतिस्पर्धीहरुलाई ढुक्क भएर प्रतियोगितामा सहभागिताजनाउनआग्रह गरेकाथिए ।

कमेन्टहरु
Loading...