नेपाल गोल्डेन आइडलको फाइनल चैत्र ३१ गते

पोखरा , २० चैत्र /गोल्डेन स्टार मल्टिमिडियाद्धारा आयोजित नेपाल गोल्डेन आइडल सिजन फोरको फाइनल प्रतिष्पर्धा चैत्र ३१ गते हुने भएको छ । पोखरा सभागृहमा हुने फाइनल प्रतियोगीतामा गायन विधाका ७ जना र नृत्य विधाका ७ जनाले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।नृत्य तर्फको उत्कृष्ट सातमा लमजुङका धुपा दुरा, गोरखाका रियुनिक परियार, दाङका साइसा केसी, नवलपरासीका रन्जिता तिमिल्सिना र अमृता बुढामगर, सुनसरीका सुमिाना श्रेष्ठ र इटहरीका बन्धना राई परेका छन् ।

गायन तर्फ झापाका प्रजेसराज वन्सी, लमजुङका योगेश परियार, काठमाण्डौका श्रेया रिमाल, विराटनगरका चिराग भट्टराई, इटहरीका अन्कुर भट्टराई, चितवनका रमेश घोताने र दाङका रमेश नेपाली उत्कृष्ट सातमा परेका छन् । गायन तथा नृत्य दुई विधामा आयोजित यस प्रतियोगीतामा नेपालका ७२ जिल्लाका ३ हजार ३ सय २० प्रतियोगीले अडिसनमा भाग लिएका थिए । प्रतियागीताका लागि विभिन्न चरणका अडिसन मार्फत अन्तिम प्रतिष्पर्धाका लागि छनोट गरिएको कार्यक्रम संयोजक सरन गुरुङले जनाए ।

उपाधी विजेताले स्कुटर, फस्ट रनरअपले नगद ५० हजार र सकेन्ड रनर अपले नगद २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथमा फिल्म र म्युजिक भिडियोमा खेल्ने अवसर उनीहरुले पाउनेछन् । प्रतियोगीताको निर्णायकमा गायक रामभत्त जोजीजु, ओमराज पौडेल र निरुता गुरुङ रहेका छन् । पहिलो चरणको अडिसन गत असौज ७ गतेबाट सुरु भएको थियो । अडिसनमा ७ वर्ष देखि ७५ वर्षसम्मका उमेर समुहका व्यक्तिले भाग लिएका थिए ।

कमेन्टहरु
Loading...