अमृतको नेतृत्वमा गजल सन्ध्या

पोखरा, १० असार/गजल सन्ध्या पोखराको १० औं अधिवेशन तथा १४ औं साधारणसभाले अमृत सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मोहन भण्डारी, सचिवमा वसन्त विनोद, कोषाध्यक्षमा रीता लामिछाने र सहसचिवमा मिर्मिसा पराजुली छन् ।

समितिका सदस्यमा गीता पहारी, त्रुपक, अर्जुन नेपाल र हिक्मत केसी छन् । समितिको बैठकले गौरी तमु, केआर ढकाल र महेश्वर बस्ताकोटीलाई सदस्यमा मनोनित गरेको छ ।  निर्वाचित अध्यक्ष सुवेदीले सन्ध्याको नियमित गजल वाचन, अक्षरयात्रालाई अझ व्यवस्थित गर्दै विशेष कार्यक्रमहरुलाई जोड दिने बताए । ‘सन्ध्याले गजलकोमात्रै नभएर नेपाली साहित्यमै विशेष भूमिका खेलेको छ । यसको उचाईलाई अझ बढाउने मेरो सदैव प्रयास रहनेछ,’ सुवेदीले भने ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु दीलिप दोषी, दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, मन क्षेत्री, उदीपराज ढुंगाना र निवर्तमान अध्यक्ष बिर्सना बस्नेतले झन्डै डेढ दशक लामो विरासत बोकेको गजल सन्ध्याले पोखरेली साहित्यमै प्रभाव जमाएको बताए । गजलमा मात्रै केन्द्रित नभएर सन्ध्याले साहित्यका सबै विधालाई अक्षरयात्रा अभियानमार्फत समेटेको पूर्व अध्यक्ष मन क्षेत्रीले बताए ।

‘पोखरामा गजलको विकास र उत्थानमा सन्ध्याले ठूलो भूमिका त खेलेकै छ अक्षरयात्राजस्तो साहित्यिक अभियानले थुप्रै साहित्यकार जन्माउने र साहित्यलाई गाउँगाउँसम्म पु¥याउने काम गरेको छ,’ पूर्व अध्यक्ष समीपले भने । शनिबार नै सन्ध्याको १ सय ६९ औं नियमित गजल वाचनसमेत भएको छ ।

कमेन्टहरु
Loading...