फ्रि स्टाइल डान्स च्याम्पियनसिपको फाइनलमा ३१ जना

पोखरा, ९ असोज /एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रु र मिरर किंग इन्टरटेनमेन्ट प्रा.लि.द्धारा संयुक्त रुपमा सञ्चालित फ्रि स्टाइल डान्स च्याम्पियनसिपको सेमिफाइनलबाट ३१ जनाले प्रतिष्प्रर्धा छनौट भएका छन् । शनिवार सम्पन्न सेमिफाइनलमा बरिष्ठ नृत्य निर्देशक महेश गोदारसहित राहुल थापा र बिबेक थापाको निर्णयमा सेमिफाइनलमा प्रतिष्प्रर्धा गरेका ६६ जना प्रतिष्प्रर्धीमध्य ३१ जना मात्र अघिल्लो राउण्डमा प्रवेश गर्न सफल बनेको हुन् ।

फाइनल राउण्डको लागि सुजिना लामा, सुरक्षा केशी, नेसन मगर, दिपु गुरुङ्ग, अञ्जना थापा, कृष्ण बुढाथोकी, अस्मिता आले, निरज राइभाट, युसा नेपाली, सुनिता पुन, खुस्बु गुरुङ्ग छनौट भएका छन् । यस्तै, सपना पुन, प्रसुन गुरुङ्ग, पिंकी घले, सुस्मिता थापा मगर, बिक्रम मगर, आकृति भुषाल, ऋतिक सुनारले पनि फाइनलमा उपाधीका लागि प्रतिष्प्रर्धा गर्नेछन् । फाइनल पुग्ने अन्य प्रतिष्प्रर्धीहरुमा एलिसा गुरुङ्ग, आयुस्का गुरुङ्ग, पवित्रा कार्की, प्रेजा गुरुङ्ग, रोसनी गुरुङ्ग, समिक्षा बराल, सञ्जिता पहाडी, सन्ध्या बसौला, स्मृति देबकोटा, सोनिका नेपाली, सृजना श्रेष्ठ, सुहेना गुरुङ्ग र सुस्मिता गुरुङ्ग छन् ।

बलिउडका चर्चित कलाकार राघव र वाइल्ड रिपर्सलाई पोखरा भित्र्याएर कार्यक्रम गरिसकेको एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रु र मिरर किंग इन्टरटेनमेन्ट प्रा.लिले बलिउडका चर्चित कलाकार धर्मेसलाई पोखरा भित्र्याउने तयारी गरिरहेको कार्यक्रम संयोजक अमन तामाङ्गले जानकारी दिए । कार्यक्रमको फाइनल राउण्ड असोज २७ गते गर्ने आयोजकले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...