डेढ महिने एडभान्स फेसन डिजाईनिङ पोखरामा

पोखरा, २० असार/ईम्पावर विमन एण्ड चिल्डे«न नेपाल (ई–वाच नेपाल) को आयोजना, पोखरा लेखनाथ महानगरपालिकाको सहयोग तथा पोखरा वडा नम्बर ३ को ब्यबस्थापनमा भएको डेढ महिने फेसन डिजाईनिङ तालिम बुधबार सम्पन्न भएको छ ।

तालिमको प्रदेश नम्बर ४ की सांसद गायत्री गुरुङ कुसुमको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरी बुधबार समापन गरिएको हो । समापन कार्यक्रममा तालिममा सहभागी २० जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षक ईञ्जाज आलमलाई प्रशिक्षार्थीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले आफैले गरेका डिजाईनका कपडाहरु आफैले लगाएर फेसन सो प्रदर्शन गरेका थिए । तालिम समापन कार्यक्रममा बोल्दै सांसद गायत्री गुरुङ कुसुमले महिला सीप सिकेर कमाई गर्न सफल भएर आर्थिक रुपमा बलियो भएमात्र पुरुषले हेप्न नसक्ने बताईन् । उनले महिलाले अवसर पाए जस्तोसुकै काम गर्न सक्ने दाबी गर्दै सो अवसर प्राप्तिका लागि भने महिला सक्षम हुनुका साथै एकजुट हुनुपर्नेमा जोड दिईन् । उनले सिकेको सीपलाई ब्यबहारमा उतार्दै व्यवसायीकरण गर्न सुझाव दिईन् ।

पूर्व सभासद कुष्णकुमारी परियारले चुलोचौकोमा सिमित महिलाले तालिमको अवसर पाए गर्नसक्छन् भन्ने प्रशिक्षार्थीहरुले देखाएको भन्दै यसलाई आयआर्जनमा परिणत गर्न आग्रह गरिन् । संस्थाकी अध्यक्ष सुनिता बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि लक्ष्मी पराजुली, सन्तु सुवेदी, प्रशिक्षक ईञ्जाज आलमलगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...