राम्जी र मायाको मौलिक तिजगित बजारमा (भिडियो सहित)

पोखरा,६ साउन/नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिक आइरहंदा पोखरेली कलाकारहरुले नयाँ नयाँ तीजगितहरु बजारमा ल्याउने क्रम तिव्र प्रतिष्प्रधा गरेका छन् ।

मौलिक गितहरु हराई रहेका बेला कुनै कुनै कलाकारले त्यसको सिको गर्न थालेका छन् । मौलिक तिजगितलाई प्रर्वद्धन गर्न सकिएन भने लोप हुने खतरा बढ्न नसक्ला भन्न सकिदैन । आफ्नो साँगितिक यात्रा उचो राखिरहनका लागि यस्ता सृजना पस्किन थालेका छन् । यसपालिका मौलिक गितका सर्जक राम्जी पौडेल र माया गुरुङले “दिदि तिम्रो भाई“ नामक मौलिक तिजगित बजारमा ल्याएका छन् ।

सृष्टि सृजना र समाज संचालनको लागि पूर्विय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको पाईन्छ । यस गीतमा जन्म घर छोडेर पराइघर पुगेकी चेलीको बेदनालाई गित मार्फत अभिव्यक्त गरिएको छ ।

जहाँ नेपालमा रोजगारीको अभाबले भाई बिदेसिनु परेको र तिजमा दिदिलाई लिन जान नपाउनुको यर्थाथ पिडा यस गितमा समाबेश गरिएको छ । यस गित सुने पश्चात जो कोहीको मन चसक्क भिज्ने खालको रहेको गायकद्धय भन्छन् । गायक राम्जी पौडेल र गायिका माया गुरुङको दमदार अभिनय रहेको छ । उक्त गितलाई एरेन्जर तथा निर्देशक तारानाथ आचार्य गरेका छन् । यस गितलाई प्रमोद गुरुङले छायाँकन गरेका छन् भने नवीन केसी र सन्तोष मगरले सम्पादन गरेका हुन ।

कमेन्टहरु
Loading...