“सेप्टी अल्ट्रा १७ औँ छमछमी तिज”, तिज गित प्रतियोगिताको तयारी  पुरा  

कृष्ण आचार्य / पोखरा , १ भदौ /माछापुच्छ्रे एफएम ९१ मेगाहर्ज र गोल्डेन आई टेलिभिजनले संयुक्त रुपमा आयोजना गर्न लागेको “सेप्टी अल्ट्रा १७ औँ छमछमी तिज”, तिज गितप्रतियोगिताको तयारी पुरा भएको छ । नेपाली नारीहरुको महान पर्व हरितलिका तिजको अवसर पारेर हरेक बर्ष जस्तै यस बर्ष पनि पोखराको पहिलोएफ एम माछापुच्छ्रे एफएम ९१ मेगाहर्ज र पोखराको पहिलो टेलिभिजन गोल्डेन आई टेलिभिजनको संयुक्त आयोजनामा हुन लागेको सेप्टी अल्ट्रा १७औँ छमछमी तिज, तिज गित प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको प्रचार प्रसार समितिले जनाएको छ ।विगत १६ वर्षदेखिसंचालन हुँदै आईरहेको छमछमी तीज, तीज गित प्रतियोगिताको १७ औ संस्करणका रुपमा यो प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगिता शनिबार पोखरा उद्योग वाणिज्य सघंको सभाहलमा आयोजना गरिने छ । नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमाकला, संस्कृति र साहित्यलाई संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्धेश्यले हरेक बर्ष जस्तै यस बर्ष पनि छमछमी तीज, तीज गित प्रतियोगिता गर्नलागिएको माछापुच्छ्रे एफएमका प्रवन्ध निर्देशक देव क्षेत्रीले बताए । कार्यक्रमको अबसरमा लोक संस्कृतिका साथै संचारको क्षेत्रमा योगदान पुर्याएकोभन्दै बरिष्ठ लोक गायिका एवं संचारकर्मी शान्ति गुरुङ्गलाई सम्मान गरिने माछापुच्छ्रे  एफ एमका स्टेशन म्यानेजर एवं कार्यक्रम संयोजक कन्चनथापाले जानकारी दिईन् । त्यस अबसरमा एफएम र टेलिभिजनमा कार्यरत २÷२ जना कर्मचारीलाई पनि सम्मान गरिने भएको छ ।

तीज गित प्रतियोगिताको टिम दर्ताको लागि निशुल्क फर्म बितरण भइरहेको र अहिले सम्म २० टिम दर्ता भईसकेको गोल्डेन आई टेलिभिजनकास्टेसन म्यानेजर अनिशा श्रेष्ठले जानकारी दिईन् । माछापुच्छ्रे एफएम ९१ मेगाहर्जको टेलिफोन नम्बर ०६१ ५३२८९३ र गोल्डेन आई टेलिभिजनकोटेलिफोन नम्बर ०६१ ५३९३३३ को माध्यमबाट पनि फर्म भर्न सकिने श्रेष्ठको भनाई छ । भदौ ३ गते शनिबार बिहानसम्म टिम दर्ता गर्न सकिनेआयोजकले बताएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितिया हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजाररुपैया नगद पुरस्कार प्रदान गरिने गोल्डेन आई टेलिभिजनका निर्देशक मार्लिन क्षेत्रीले जानकारी दिईन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने भेषभुषा रनृत्यलाई पनि ३÷३ हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

जसका लागि मोर्डनाइज टूल्स एण्ड ट्राभल्स रानिपौवाले प्रथम, अनुसिलन कलाकेन्द्र रानीपौवाले द्धित्तिय, पोखरा हर्वल होम्स न्युरोडले तृतिय, डिलाईटरेष्टूरेण्ट न्युरोडले सान्त्वना, हंङकङ ब्युटी कलेज महेन्द्रपुलले उत्कृष्ठ भेसभुसा र कायाकल्प डाईट एण्ड सिल्मिङ्ग सेण्टर स्यामसुङ्ग गल्लीले उत्कृष्ठनृत्य पुरस्कार प्रायोजन गरेको छ । यस बर्षको छमछमी तिज, तिज गित प्रतियोगितालाई सेप्टी अल्ट्रा सेनेटरी प्याडले टाईटल प्रायोजन र एक्सलइनर्जी ड्रिङ्सले मुख्य प्रयोजन गरेको छ । कार्यक्रमलाई हर्पल चामल, केवल टिभि नेटवर्क प्राली गैह्रपाटन पोखरा र शुर्य नेपालको मंगलदिप अगरबत्तीलेसह प्रायोजन गरेका छन् भने प्रिती तयारी चाउचाउ र रेडबुलले उप प्रायोजनका गरेका छन् ।

यस्तै, लबकुस डेरी, श्री जयकाली जडिबुटी उद्योग प्रालीको उत्पादन ओखती साबुन, माउण्ट कैलाश रिसोर्ट लेकसाईड पोखरा, हिमश्री फुड्स प्रालीकोउत्पादन रारा तयारी चाउचाउ र कर्मचार्य ग्रुपको कोसेली शुद्द तोरीको तेलले प्रायोजन गरेका छन् ।  कार्यक्रमलाई नेपाल टुरिजम बोर्डले प्रर्वदन गरेकोछ । कार्यक्रममा पोखरेली धुर्मुस राजेन्द्र नेपाली र लोक गायकहरु कृष्ण सुबेदी, अमृत बराल, असोक सुनार लगायतका कलाकारहरुको बिशेष प्रस्तुतीरहने र कार्यक्रमको माछापुच्छ्रे एफएम ९१ मेगाहर्ज र गोल्डेन आई टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने प्रचार प्रसार समितिले जनाएको छ ।

कमेन्टहरु
Loading...