छमछमी पोखरा अडिसन सम्पन्न,एक सय ५० जना छनौट

पोखरा ,५ पुस  गते /नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘नृत्यु रियालिटी सो’ ‘रियो छमछमी सिजन–४’ पोखरा अडिसन उत्साहजनक रुपमा सकिएको छ ।पोखराको माटेपानी स्थित एस.आर केसी बैंक्युटमा मंगलबारबाट सुरु भएको अडिसन बुधबार सकिएको हो ।दुई दिनसम्म चलेको अडिसनमा पोखरा, स्याङ्जा, बाग्लुङ, तनहुँ लगायतका जिल्लाबाट उत्साहाजनक सहभागीता रहेको नेपाल टेलिभजनका पोखरा संवाददाता रेमश पौडेलले जानकारी दिए ।

हालसम्म पोखरा सहित नेपालका विभिन्न ९ ठाँउमा लिइएको अडिसनमा सहभागी भएका १ हजार ५ सय सहभागीमध्यबाट एक सय ५० जना छनौटमा परेको नेपाल टेलिभिजनका उप निर्देशक उत्तम सिलवालले जानकारी दिए ।पोखरापछि हेटौंडा अडिसन पुस ६ र ७, चितवन अडिसन ९ र १० गते चितवन हुँदै २० र २१ गते काठमाण्डौंैमा पुगि सकिने उपनिर्देशक सिलवालले जानकारी दिए ।

कला क्षेत्रमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ विगत देखि संचालन हुँदै आएको ‘रियालिटी सो’का विजेताले २८ लाख बराबरको कार पुरस्कार सहित विभिन्न आर्कषक पुरस्कार पाउनेछ । भने दोस्रो हुनेले पाँच लाख र तेस्रो हुनेले तिन लाख बराबरको सिजी ब्राण्डको पुरस्कार पाउनेछन । प्रतियोगितामा कुल ४२ लाख बराबरको विभिन्न पुरस्कार वितरण गरिने छ ।

त्यसै गरि उत्कृष्ठ ७ मा पर्ने प्रतियोगिले एक–एक लाख बराबरको पुरस्कार पाउने बरिष्ठ पुरु घिमिरेले जानकारी दिए । साथै उत्कृष्ठ २० औं स्थानमा पर्नेए प्रतियोगीहरुको सम्पूर्ण नेपाल टेलिभिजनले उपलब्ध गराउनुका साथै कोरियोग्राफरको समेत व्यवस्था मिलाउने छ ।सो अवसरमा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष तथा अग्रज संस्कृतिकर्मी मिनकाजी गरुुङ, निर्णायक मनकुमार श्रेष्ठ, पोखरा संवाददाता रमेश पौडेल, एस.आर केसी बैंक्युटमा सञ्चालक जयराम केसीलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...