“सेप्टी अल्ट्रा १७ औँ छमछमी तिज”, तिज गित प्रतियोगिताको उपाधी कामधेनु महिला कृषक समुह हेम्जालाई (फोटो फिचर सहित​)

कृष्ण आचार्य ,पोखरा, ३ भदौ/माछापुच्छ्रे एफ.एम. ९१ मेगाहर्ज र गोल्डेन आई टेलिभिजनले संयुक्त रुपमा आयोजना गरेको  “सेप्टी अल्ट्रा १७ औँ छमछमी तिज”, तिज गित प्रतियोगिता उपाधी कामधेनु महिला कृषक समुह हेम्जाले जितेको छ । २४ टिमको सहभगिता रहेको प्रतियोगितामा कमल जैसी आमा समुह हेम्जाले द्धितिय, दृष्ट्रिविहिन दिदी बहिनी समुह लेखनाथ बुढिबजारले तृतिय  र  पबित्रा अधिकारीको समुह गैह्रापाटन पोखराले सन्त्वना स्थान प्राप्त गरेका छन ।

तिज गित प्रतियोगिताको उपाधी कामधेनु महिला कृषक समुह हेम्जालाई

पोखरा उद्योग वाणिज्य सघंको सभाहलमा शनिबार सम्पन प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय  र सान्त्वना स्थान हासिल गर्दै उनिहरुले क्रमस नगद  २० हजार, १५ हजार,  १० हजार र ५ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।यस्तै उत्कृष्ट भेषभुषाको उपाधि नेपाल मगर महिला संघ ईकाई समिति रामबजार र उत्कृष्ट नृत्यको उपाधि गैरीखेत दृष्ट्रीमार्ग नारी समुहले प्राप्त गरेका छन । उनिहरुले पनि नगद  ३÷३ हजार रुपैया पुरस्कार प्राप्त गरे ।

तिज गित प्रतियोगिताको उपाधी कामधेनु महिला कृषक समुह हेम्जालाई

जसका लागि मोर्डनाइज टूल्स एण्ड ट्राभल्स रानिपौवाले प्रथम, अनुसिलन कलाकेन्द्र रानीपौवाले द्धित्तिय, पोखरा हर्वल होम्स न्युरोडले तृतिय , डिलाईट रेष्टूरेण्ट न्युरोडले सान्त्वना, हंङकङ ब्युटी कलेज महेन्द्रपुलले उत्कृष्ठ भेसभुसा र कायाकल्प डाईट एण्ड सिल्मिङ्ग सेण्टर स्यामसुङ्ग गल्लीले उत्कृष्ठ नृत्य पुरस्कारको प्रायोजन गरेका थिए ।

प्रतियोगिताको निणयकको रुपमा बरिष्ठ गायिका एवं सञ्चारकर्मी शान्ति गुरुङ, गायिका बालुमाया पुन र गयिका चन्द्रा थापा रहेका थिए । नेपाली नारीहरुको माहान पर्व हरितलिका तिजको अवसर पारेर पोखराको पहिलो एफ एम माछापुच्छ्रे एफ.एम. ९१ मेगाहर्ज र पोखराको पहिलो टेलिभिजन गोल्डेन आई टेलिभिजनको संयुक्त आयोजनामा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि “सेप्टी अल्ट्रा १७ औँ छमछमी तिज”, तिज गित प्रतियोगिता आयोजना गरेको एफ.एमका स्टेशन म्यानेजर  एवं कार्यक्रम संयोजक कञ्चन थापाले जानकारी दिईन् ।

सम्मानित ब्यक्तित्व लोक गायिका एवं संचारकर्मी शान्ति गुरुङ्ग

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिती कास्कीका उपप्रमुख साबित्री भण्डारीले संस्कृती संरक्षण र सम्वर्धनमा माछापुच्छ्रे एफएम र गोल्डेन आई टेलीभिजनले ठुलो टेवा पुर्याउदै आएको भन्दै आगमी दिनमा पनि यो प्रयासलाई निरन्तरता दिन आग्रह गरिन् । संचार क्षेत्र समाजको ऐना भनेकोले समाज परिवर्तनमा यसको ठुलो महत्व हुने उनको भनाई थियो ।  पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलले समाज परिवर्तनमा मिडियाको ठुलो भुमिका हुने भन्दै सस्कृति संरक्षणमा पनि उत्तिकै जिम्मेवारी रहेको बताए ।

एफएम र टेलिभिजनमा कार्यरत कर्मचारी सम्मान

रेडियोका स्टेशन म्यानेजर कन्चन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, सम्मानित ब्यक्तित्व लोक गायिका एवं संचारकर्मी शान्ति गुरुङ्ग, गोल्डेन आई टेलिभिजनका स्टेसन म्यानेजर अनिशा श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालक अनिशा नेपाली, लक्ष्मी जिसी, दुर्गा रानामगर, कल्पना थापा, ममता पौडेल​, सरु गुरुङ , रेनु क्षेत्री, ममता डिसी लगायतले गरेका थिए । कार्यक्रमको अवसरमा लोक संस्कृतिका साथै संचारको क्षेत्रमा योगदान पुर्याएको भन्दै बरिष्ठ लोक गायिका एवं संचारकर्मी शान्ति गुरुङ्गलाई सम्मान समेत गरिएको थियो ।

सेप्टी अल्ट्रा १७ औँ छमछमी तिज

साथै कार्यक्रमको अबसरमा एफएम र टेलिभिजनमा कार्यरत कर्मचारी रमेश तिमिल्सिना, अनिशा नेपाली, रेनु क्षेत्री र प्रभु अधिकारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको गोल्डेन आई टेलिभिजन र माछापुच्छ्रे एफ.एम.  ९१ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । प्रतियोगितामा अधिकासं सहभागी टिमले बाढी पहिरोका कारण नेपालीले भोग्नु परेको पिडा, सामाजिक स्वास्थ्य बिमा, गर्भ पहिचान गरेर गरिने गैह्रकानुनी गर्भपतनका बिषयका साथै सामजिक कुरिती र बिसङ्गतीलाई गित मार्फत प्रस्तुत गरेका थिए ।

सेप्टी अल्ट्रा १७ औँ छमछमी तिज

यस बर्षको छमछमी तिज, तिज गित प्रतियोगितालाई सेप्टी अल्ट्रा सेनेटरी प्याडले टाईटल प्रायोजन र एक्सल इनर्जी ड्रिङ्सले मुख्य प्रयोजन गरेका गोल्डेन आई टेलिभिजनका स्टेसन म्यानेजर अनिशा श्रेष्ठले जानकारी दिईन् । कार्यक्रमलाई हर्पल चामल, केवल टिभि नेटवर्क प्राली गैह्रपाटन पोखरा र शुर्य नेपालको मंगलदिप अगरबत्तीले सह प्रायोजन गरेका थिए भने प्रिती तयारी चाउचाउ र रेडबुलले उप प्रायोजनका गरेका थिए ।

यस्तै, लबकुस डेरी, श्री जयकाली जडिबुटी उद्योग प्रालीको उत्पादन ओखती साबुन, माउण्ट कैलाश रिसोर्ट लेकसाईड पोखरा, हिमश्री फुड्स प्रालीको उत्पादन रारा तयारी चाउचाउ र कर्मचार्य ग्रुपको कोसेली शुद्द तोरीको तेलले प्रायोजन गरेका थिए । कार्यक्रमलाई नेपाल टुरिजम बोर्डले प्रर्वदन गरेको थियो ।

कमेन्टहरु
Loading...