व्यापार मेलामा आइतबार ज्योतिको जवानी !

पोखरा, २९ पुस /पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरा’मा शनिबार पपगायकहरु प्रमोद खरेल, धिरज राई र ममता गुरुङले मेलामा सहभागिहरुलाई भरपुर मनोरञ्जन दिए ।

यसैगरी लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, मञ्जु पौडेल, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, राजन कार्की, निश्चल दवाडी, गंगा त्रिपाठी पनि मेलाका आकर्षण रहे । आइतबार पपतर्फ सरिता प्रजापति, अनिल विक, रोसनी गुरुङसहित साँझ डिजे सेसन समेत हुनेछ भने भटभटे माइलाले दर्शकलाई पेट मिचिमिची हसाउँनेछन् ।

लोकदोहोरी गायकहरु प्रजापति पराजुली, ज्योति मगर, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुगं, लक्ष्मी केशव देवकोटा, प्रिया गुरुङ र नेत्र खड्काको विशेष प्रस्तुति रहने मेलाका साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...