बिग आइकन बन्ने दौडबाट गौरब बाहिरिए

पोखरा, १६ फागुन/उत्कृष्ट १० प्रतिस्पर्धीमध्ये एक गौरब पुन पहिलो चरणको ‘एलिमिनेसन राउण्ड’बाट बाहिरिएपछि सोमबार बिग आइकनमा उत्कृष्ट ९ प्रतिस्पर्धीले अघिल्लो चरणको लागि प्रतिस्पर्धा गरेका छन् । अर्चलबोटका गौरब निर्णायक र स्रोताको मतको आधारमा प्रतियोगिताबाट बाहिरिएका हुन् । ११ सय ५२ प्रतिस्पर्धीलाई पछाडि पार्दै उत्कृष्ट १० सम्मको यात्रा तय गरेका गौरब यसअगाडिका बिग आइकनको सँस्करणहरुमा पनि सहभागी भएका थिए ।

अघिल्ला सँस्करणका बिग आइकनमा सहभागी भएपनि गौरबले उत्कृष्ट १० सम्मको यात्रा तय गरेको यो नै पहिलो पटक हो । उनी वर्षेनी आफुलाई सुधार्दै यहाँसम्म आईपुगेको बिग आइकनको ईतिहासले देखाउँछ ।गौरब बाहिरएसँगै अब प्रतियोगितामा पाल्पाका दिनेश बराल, लमजुङका सलोमी गुरुङ, लेखनाथका सौजन्या तामाङ, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जी भिड्दैछन् । अघिल्लो चरण आगामी बुधबार हुने एफएमले जनाएको छ ।

सोहि दिन उत्कृष्ट ८ प्रतिस्पर्धी पनि छनौट हुनेछन् । यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ ।

कमेन्टहरु
Loading...