खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टारमा १२ जना फाईनलमा

पोखरा, २१ असोज। एलिजा फिल्मस् नेपालद्धार सञ्चालित पोखरा नाच घरको आयोजना पोखरामा भएको खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टार २०७० सेमिफाईन राउण्डमा १२ जना छनोट भएका छन् । प्रतियोगितामा डान्स तर्फ छ जना र सिंङ्गीङ तर्फ छ जना फाईनलमा पुगेको आयोजनकले जनाएको छ । प्रतियोगिहरु वीच कात्तिक ९ गते पोखरा सभागृह हलमा फाईनल हुने छ । फाईनमा राष्ट्रिय तथा स्थानिय कालाकारको प्रस्तुती सगै साँस्कृतिक कार्यक्रमको तय गरिएको आयोजकले जनाएको छ ।Alija Star news pic Dances IMG_9900प्रतियोगितामा डान्स तर्फ मेलिना सुनार, जसविन राना, शान्ति डंगोल, दिपाली वर्देवा, सिम्रन गुरुङ र प्रकृति थापा विच प्रतिस्पर्धा हुने छ भने सिङ्गीङ तर्फ गौरव घिमिरे, अनिल विक, शक्तिकुमार श्रेष्ठ, अर्जुनकुमार थापा, पुजा थापा र सन्तोष वस्याल वीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा डान्स स्टार र सिङ्गिङ स्टारले नगद ५१÷५१ हजारका साथै अन्य अवसर पनि दिईने आयोजकले जनाएको छ । त्यसैगरि सिङ्गिङ तर्फ टप सिक्समा पर्नेहरुको कलेक्सन एल्वम समेत निकाल्ने आयोजकले जनाएको छ ।

डान्स र सिङ्गिङमा टप सिक्समा पर्ने कलाकारहरुलाई काठमाण्डौ लगाएतका अन्य शहरमा लगेर साँस्कृति कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा अनुशिलन कला पाठशालाका संस्थापक गोरे गुरुङले डान्स तर्फ फस्ट रनर अफलाई नगद १५ हजार दिने घोषण गरेका छन् । यसैगरि प्रतियोगितमा अन्य संघ संस्थाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको आयोजकले जनाएको छ । प्रतियोगितामा कास्की सगै छिमिकी जिल्लाहरुबाट पनि सहभागिता जनाएको एलिजा फिल्मस् प्रालिका प्रवन्ध निर्देशक जिवन सुनारले जानकारी दिए।

प्रतियोगितामा गायन तर्फ योगश काजी नवराज बराल भने डान्स तर्फ प्रिति गुरुङ नानी, सागर राना युवा कोरियोग्राफ्रर सागर थापा मगर निर्णायकमा रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि डा.लुमेश्वर आचार्यले यस्ता खालाको प्रतियोगिताले अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न मौका मिल्ने बताए ।
कलाकारलाई पाएक पर्ने ठाउहरुमा अडिसन राउण्ड गरेर कलाकारिता क्षेत्रका कमिकमजोरी तथा समास्याहरुलाई हटाई नया सोच र जोसका सथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिको हो । कार्यक्रमको सञ्चालन विनिता भुजेलले गरेकी थिईन् ।

कमेन्टहरु
Loading...