कोरोना’bout सचेतता फैलाउँदै टे«जर लाउञ्ज, छिर्दा ग्राहकको तापक्रम नापिने

290

पोखरा, २४ फागुन / पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको टे«जर लाउञ्ज एण्ड बारमा आउने ग्राहकहरुको ज्वरो परीक्षण गर्न थालिएको छ । नोवल कोरना (कोभिड–१९) को सन्त्रासले संसार हल्लाएको बेला टे«जरले बारमा छिर्ने हरेक ग्राहकको शरीरको तापक्रम परीक्षण तथा हातमा सेनेटाइजर प्रयोगलाई अनिवार्य बनएको छ ।

‘हामीले सचेतता अपनाउँदै जर्मनबाट ल्याइएको मेसिनले ग्राहकको शरीरको तापक्रम मापन गर्ने तथा बारमा छिर्दा र निस्कँदा सेनेटाइजर प्रयोगको व्यवस्था मिलाएका हौँ’, टे«जरका संचालक किरण बरालले भने,‘ १ सय डिग्री सेल्सियसभन्दा माथि तापक्रम भएका जो कोहीलाई पनि हामी रेष्टुरेण्टमा प्रवेश दिँदैनौँ ।’ पछिल्लो समय संगीत र मनोरञ्जन चाहनेहरुको प्रमुख गन्तब्य बनेको टे«ेजरले पोखरामै पहिलो पटक यस्तो परीक्षणको व्यवस्था मिलाएको हो ।

विदेशीहरुको बाक्लो उपस्थिति हुने लेकसाइड क्षेत्रमा कोरोना’bout जानकारी दिने र सचेतता जगाउने सम्भवत् यो पहिलो अभियान हो । लाइभ म्युजिक, सुविधासम्पन्न डान्सफ्लोर तथा स्वादिष्ठ परिकार टे«जरका विशेषता हुन् ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Comments are closed.