व्यवसायीलाई राहत दिन सुनौलो सहकारीले ऋणको व्याजदर घटायो

पोखरा, ६ चैत / पोखराका पर्यटन व्यवसायीहरुको लगानी रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ६ ले ऋणको ब्याजदर घटाएको छ । सहकारीले सबै ऋण लिएहरुलाई २ प्रतिशत व्याज दर घटाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्र लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेपछि सहकारीले ब्याजदर घटाउने निर्णय गरेको अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिए ।

सहकारीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले व्यवसायीलाई राहत प्रदान गर्न यस अगाडि प्रदान गरिएको ऋण र नयाँ ऋण दुवैमा लागु हुने गरी ब्याजदर घटाउने निर्णय गरिएको सचिव सोम थापाले जानकारी दिए ।

सहकारीमा १ हजार ३ सय जना सेयर सदस्यहरु रहेका छन् । सहकारीले १७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यस अगाडि १४ देखि १६ प्रतिशतसम्म व्याज लिने गरिएकोमा अब १२ देखि १४ प्रतिशतसम्म व्याज लिइने सहकारीले लिने थापाले बताए ।

कमेन्टहरु
Loading...