शिखर इन्स्योरेन्सको जोमसोम शाखा, स्वाउको विमा सुरु

पोखरा, २१ वैशाख /शिखर इन्स्योरेन्सले जोमसोम शाखा विस्तार गरेको छ । शाखाको बीमा समितिका अध्यक्ष चिरन्जिबी चापागाई, बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमानकार्की, युकेएड सक्षमएक्सेस टु फाईनान्स कार्यक्रमका टिम लिडर बलजित बोहरा, मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन लगायतले शुभकामना व्यक्त गरे ।

स्याउ खेतीका कृषकहरुले समयमा बर्षात नहुदाँ फुल कम लाग्ने र स्याउको उत्पादन कम हुने समस्या व्यहोरिरहेको बताएका थिए । उनीहरुले असिनाको कारणले पनि स्याउ उत्पादन कम हुने र कम गुणस्तरको स्याउ फल्ने समस्या व्यहोरिरहेको बताएका थिए । शिखर इन्स्योरेन्स कम्पनीले सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको सहयोगमा नेपालमै पहिलोपटक स्याउ खेतीगर्ने जुम्लाका किसानलाई लक्षित गरेर मौसम सूचकांकको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए ।

कम्पनिले हाल मुग, कालिकोट र डोल्पामा समेत मौसम सुचकांक बीमा विस्तार गरेको छ । शिखर इन्स्योरेन्सबाट हाल सम्म १५ सय भन्दा बढी किसानको करिब ९ करोड बराबरको ४२ हजार स्याउको रुखको बीमा गरको बताए । मुस्ताङका किसानले मध्य चैत देखि मध्य ज्येष्ठ सम्म ४० मिमिवा सो भन्दाकम बर्षात भएमा बीमा गरेका किसानले स्वत क्षतिपुर्ति पाउने छन् ।

जल तथा मौसम विज्ञान विभागको मार्फा शाखाको बर्षातको तथ्याकंलाई आधार मानेर क्षतिपुर्ति प्रदान गरिने उनले बताए । बीमा अवधिमा जति कम बर्षात हुन्छ त्यहि अनुसार क्षतिपुर्ति रकम बढ्ने उनले बताए । कृषकले मौसमी बीमाको लागि सरकारी अनुदान कटाएर बीमाङ्क रकमको २% र असिनाको क्षतिको बीमाको लागि लागत मूल्यको ०.२५% बीमा शुल्क तिर्नु पर्दछ ।

कमेन्टहरु
Loading...