कास्कीमा १७८ वटा वित्त संस्था पुग्दा, गण्डकी धौलागिरीमा ४ सय ५१

सागर राज तिमिल्सिना
पोखरा, ७ असार/गण्डकी धौलागिरीमा बैंक तथा वित्तिय क्षेत्रका शाखा ४ सय ५१ पुगेका छन् । गण्डकी धौलागिरीमा २८ वाणिज्य बैकका १ सय ५८ वटा शाखा रहेको नेपाल राष्टबैक पोखरा शाखा प्रमुख चिरञ्जीवी चापागाईले जानकारी दिए । उनले नेपालमा २९ वटा वाणिज्य बैकले अनुमति पाएकोमा २८ वटा बैंकले शाखा विस्तार गरेको बताए ।

त्यसै गरि गण्डकी धौलागिरीमा २४ विकास बैकका १ सय ९७ शाखा रहेको जानकारी दिए । उनले नेपालमा अनुमति पाएका ७२ विकास बैंक मध्ये २४ वटाको शाखा यस क्षेत्रमा छन् । त्यसै गरि ४६ वटा वित्तय संस्थाले अनुमति पाएको भए पनि ति मध्ये ८ फाइनान्सका २७ शाखा रहेका छन् । यो क्षेत्र ७ वटा लघुवित्तका ६९ शाखाबाट कारोबार हुदै आएको छ ।

नेपालमा ४१ वटा लघुवित्तले कारोबार गर्ने अनुमति पाएका छन् । यो क्षेत्रमा बैक तथा वित्तय संस्थाले १३४ अर्व निक्षेप संकलन गरि ६७ अर्व कर्जा लागनी गरेको उनले जानकारी दिए । त्यसै गरि कास्कीमा १ सय ७८ वटा बैक तथा वित्त संस्थाबाट कारोबार हुने गरेको छ ।

कास्की जिल्लामा २८ वटा वाणिज्य बैकहरुका ५७ शाखा छन् । त्यसै गरि २५ विकास बैकमा ९१ शाखा, ७ वित्त कम्पनीका १४ शाखा र ७ लघु वित्तका १६ शाखाबाट कारोबार हुदै आएको उनको भनाई छ ।

कमेन्टहरु
Loading...