रानीवनको साधारणसभामा १५ जना पुरस्कृत

पोखरा, २७ पुस / रानीवन बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले गत आर्थिक वर्ष ०७५/७६ मा सहकारीको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउने चुनौतीका छलफल भएको थियो । यस्तै, सोही आर्थिक वर्षको शेयर पुँजी दुई करोड ५५ लाख ४८ हजार छ सय रहेको छ ।

साधारणसभाले कोषाध्यक्ष, सचिव र लेखा समितिको प्रतिवेदन समेत पास गरेको सञ्चालक समितिका अध्यक्ष प्रेमप्रसाद सुवेदीले जानकारी दिए । साधारणसभामा उत्कृष्ट शेयर सदस्य तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

सभामा १५ जना शेयर सदस्यका बिभिन्न तहमा अध्ययन गर्ने छोराछोरीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा पोखरा चेम्बर्स अफ कर्मस कास्कीका अध्यक्ष किसान सुनारले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले बिशेष योगदान दिएको बताए ।

उनले सहकारी क्षेत्रमा रानीवन बचत तथा ऋण सहकारी संस्थाले गरेको योगदानको कदर गरेका थिए । सरकारले सहकारीहरुले गरेको योगदानको बिषयलाई बिर्सन नहुने उल्लेख गरे ।

पोखरा पर्यटन परिषदका महासचिव दिलप्रसाद गौतमले सहकारीले बेरोजगार रोजगार नपाएर विदेशिएको युवायुवतीलाई उद्यमी र उद्यमशील बन्नको लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...