राम मन्दिरमा सञ्चालीत महायज्ञमा १ बढी संकलन

पोखरा, १७ बैशाख/ पोखरा १७ मा रहेको राम मन्दिरमा सम्पन्न श्रीमद देवी भागवत नवाह विराट ज्ञान महायज्ञको एक कार्यक्रमका बिच सोमबार आयव्यय सार्वजानिक गरिएको छ ।

२०७५ साल चैत्र २३ गते देखि वैशाख १ गतेसम्म संचालन भएको उक्त महायज्ञबाट १ करोड १ लाख ९० हजार १४ रुपैया बचत भएको श्रीमद देवीभागवत महायज्ञ मूल आयोजक समितिका महासचिव पुण्डरी प्रसाद बरालले जानकारी दिए । आफुहरुले सोचेको भन्दा बढी रकम जम्मा गर्न सफल भएको उनले बताए ।

१ करोड १७ लाख ८८ हजार ३ सय ३२ उठेकोमा १५ लाख ९८ हजार १४ खर्च भएको समेत जानकारी दिए । महायज्ञमा आमा समूह, टोल बिकास संस्थाहरु, टोल सुधार समिति, समाजसेवी, उद्योगी, व्यापारी, भक्तजनहरु लगायतले पु¥याएको सहयोगका लागि आयोजकले धन्यवाद ज्ञापन गरेको छ भने दानदाताहरुलाई सम्मान समेत गरिएको छ ।

राम मन्दिर परिसर भित्र निर्माणाधिन अवस्थामा रहेका धर्मशालाको बाँकी भौतिक संरचना निर्माण सम्पन्न गर्न तथा वैदिक सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण गर्नका लागि मन्दिरको पश्चिम तर्फको जग्गामा गुरुकुल आश्रम निर्माण गर्ने, संस्कृत शिक्षाको अध्ययन अध्यापन गराउने, धर्म संस्कृतिको संरक्षण सम्वद्र्धन गराउने, समाजमा आईपर्ने सबै प्रकारका धार्मिक कार्यहरु गर्ने गराउने उद्देश्यलाई मुर्तरुप दिन छिट्टै कार्ययोजना बनाउने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष लिलाभक्त आचार्यले बताए ।

क्रिया, ज्ञान र इच्छाको लागि हरेक मानिसले शक्तिको आरधाना गर्न आवश्यक रहेको भन्दै उनले विराट ज्ञान महायज्ञलाई सफलता पूर्वक सम्पन्न गर्न सकिएको प्रति खुसी प्रकट गरे । कार्यक्रमका स्वामी नारायण मुक्तिनाथ बिकास ट्रष्टका संरक्षक स्वामी कृष्णदासजीले यस धामको भौतिक निर्माण र अन्य बिकासका लागि आफ्नो संस्थाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा राम मन्दिर सञ्चालक समीतिका कोषाध्यक्ष गंगाधर पौडेलले महायज्ञको आयव्ययका बारेमा विस्तृत जानकारी गराए भने स्वागत बरिष्ठ उपाध्यक्ष रुद्रनाथ बरालले गरेका थिए ।
प्रखर वाचक संस्कृतिविद दयानिधी गौतमले कथा प्रवचन गर्नु भएको महायज्ञको आयब्यय सार्वजनिकीकरण कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी एवं झाँकी सहितको कलश यात्रामा सहभागीहरुलाई सम्मान पत्रद्धारा सम्मानित गरिएको छ ।

मन्दिर सञ्चालक समितिका अध्यक्ष लिलाभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पुण्डरी प्रसाद बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...