प्रजु समूहद्वारा शक्ति प्रदर्शन

पोखरा, ५ असोज/ पोखरा उद्योग वाणिज्य संघमा प्यानल उम्मेद्वारी दिएको प्रजु समूहले बिहीबार शक्ति

प्रदर्शन गरेको छ । संघको शुक्रबार र शनिबार हुने ३२ औं महाधिवेशनबाट नेतृत्व लिन अघि सरेको अध्यक्षका

उम्मेद्वार रविन्द्र बहादुर प्रजु समूहले ¥याली निकालेर शक्ति प्रदर्शन गरेको हो । ¥यालीमा उद्योगी/

व्यवसायीको बाक्लो सहभागिता थियो ।

पोखरा उद्योग वाणिज्य संघ गैह्रापाटनबाट शुरु भएको ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा लगाएतका

ठाउँमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रजू प्यानलमा बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, महासचिब मा अर्जुन पोख्रेल, उद्योग तर्फका उपाध्यक्ष

विन्दु कोइराला सुवेदी, वाणिज्य तर्फका उपाध्यक्ष पवनकुमार प्रजापति, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे,

उपमहासचिवमा चिनुकुमारी गुरुङ्ग तथा सदय पदमा उमेद्वारी दिएका बलराम आचार्य, केशवबहादुर खत्री,

दिनेशचन्द्र बाँस्तोला, कुमारी मुना बाँस्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र

रामेश्वर अधिकारीले उद्योगी व्यवसायीको हितमा यो प्यानल सँधै सँगै उभिने प्रतिवद्धता गरेका थिए ।

कमेन्टहरु
Loading...