ब्राडफोड एजुकेशनको सेवा पोखरामा, नायक प्रदिप खड्काद्धारा उद्घाटन

पोखरा, १४ भदौ / शैक्षिक परामर्श सेवा १२ वर्षदेखि दिदै आएको ब्राडफोड एजुकेशनल कन्सल्टेन्सीले पोखरामा

शाखा विस्तार गरेको छ । शाखाको नायक प्रदिप खड्काले उद्घाटन गरे । ब्राडफोडका ब्रान्ड एम्बेस्डर समेत

रहेका नायक खड्काले विदेश, उच्च शिक्षाका लागि उपयुक्त रहेको र शिक्षा एवं सिप हाशिल गरी पून नेपालमा

फर्केर देश कै सेवा गर्नु पर्ने बताए ।

कार्यक्रममा ब्राडफोड एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक पवन विष्टले पछिल्लो समयमा पोखरेली

विद्यार्थीहरुको चाप काठमाडौं कार्यालयमा बढ्दै गईरहेको र उनीहरुको मागलाई मध्यनगर गर्दै उनीहरुको

सहजताको लागि पोखरामा नै सेवा विस्तार गरेको बताए ।

कार्यक्रममा ब्राडफोड पोखराका निर्देशक सुवास पौडेलले धेरै विद्यार्थीहरु लहलहैमा विदेश जाने गरेको एवं

अभिभावकहरु समेत आफ्ना छोराछोरीलाई जसरी भएपनि विदेश पठाउन पाएको बताउदै सहि मार्गदर्शन

दिनको लागि आफु यस क्षेत्रमा लागेको बताए । कार्यक्रममा ब्राडफोडका अध्यक्ष कृष्ण बहादुर के.सी, सहायक

निर्देशक विवेक वस्नेतले लगाएतले वैदेशिक शिक्षा र अनुभवलाई नेपालमै ल्याएर प्रयोग गर्नु पर्ने बताए ।

२००६ देखी नै शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आएको ब्राडफोडले अमेरिका, अष्टेलिया, क्यानडा एवं न्यूजिल्यान्ड

उच्च शिक्षाको लागि जाने विद्यार्थीहरुलाई परामर्श सेवा लगायत अग्रेजी भाषाका कक्षाहरु आइएलटिएस, टोफेल,

एवं पिटिई कक्षाहरु सञ्चालन गरी विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...