काठमाडौं–पोखरा श्री एयरलाइन्सको भाडा दर २ हजार, शुक्रबार देखी उडान शुरु

पोखरा, २४ माघ / श्री एयरलाइन्स काठमाडौं–पोखरा रुटमा शुक्रबार देखी उडान शुरु गरेको छ । श्रीले ८० सीट क्षमताको ड्यास एट क्यू–४०० जहाजबाट दैनिक दुई उडान गर्ने जनाएको छ ।

श्री एयरलाइन्सले २ हजार रुपैयाँमै सेवा थालेको छ । काठमाडौं–पोखरा र पोखरा–काठमाडौं रुटमा २६ सय प्रवद्र्धनात्मक भाडा तोकिएको कम्पनीले जनाएको छ ।

श्रीले विदेशीलाई लिइने भाडामा समेत सहुलियत दिने भएको छ । पोखरा जाने ठूलो संख्यामा पर्यटक आकर्षित गर्न यस्तो नीति ल्याइएको कम्पनीले जनाएको छ ।

पोखरा काठमाडौंबाट सबैभन्दा व्यस्त रुटमध्ये एक हो । श्रीले निकट भविश्यमै पोखरामा दैनिक ५ वटासम्म उडान बिस्तारको योजना रहेको जनाएको छ । पोखरामा यस अघि बुद्ध, यति, सिम्रिक र नेपाल एयरलाइन्सले उडान गर्दै आएका थिए ।

कमेन्टहरु
Loading...