पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, १० पुस / अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हुने पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रेवान पोखराको आयोजनामा २१ औं संस्करणको सडक महोत्सव पुस १२ देखि १६ गतेसम्म सञ्चाल हुने महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको बताए ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । लेकसाइडस्थित खुल्ला सडकमा महोत्सव हुनेछ । कोमागाने पार्कमा समेत सांस्कृतिक, सांगितिक र खानाका परिकारमा रमाउने पाउने छन् । महोत्सवको अवसरमा अँग्रेजी नयाँ वर्ष २०२० लाई समेत स्वागत कार्यक्रम समेत गरिने रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले बताए ।

नेपाल भ्रर्मण वर्ष २०२० लाई लक्षित महोत्सवमा पर्यटकीय गतिविधि सञ्चालन गरिने महोतसवका सहसंयोजक नरेश भट्टराईले जानकारी दिए । उनले देशका विभिन्न प्रदेशका सांस्कृतिक प्रस्तुति महोत्सवमा प्रदर्शन गरिने बताए । लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा चार ठाउँमा स्टेज बनाए सास्कृतिक कार्यक्रम प्रर्दशनी गर्ने बताए । पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न महोत्सव सहयोगी हुने अर्का सहसंयोजक बसन्त गौतमले बताए ।

महोत्सव अवधिभर पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने रेवान पोखराका सचिव विकास भट्टराईले बताए । ‘महोत्सव अवधिभर पोखराका सम्पूर्ण होटलहरु भरिभराउ हुनेछन्,’ उनले भने, ‘नेपालमै पृथक खालको महोत्सव हामीले पोखरामा आयोजना गर्दै आइरहेका छौं । यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँछ ।’ रेवानले आयोजना गरेपनि समग्र पोखराको प्रतिष्ठासँग महोत्सव जोडिएको उनले बताए ।

महोत्सवमा कास्की तथा आसपासका जिल्लामा उत्पादित बस्तुहरुको प्रदर्शनी गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट पनि महोत्सवको आकर्षण बन्ने सास्कृतिक संयोजक चौ बहादुर गुरुङले बताए । पोखराको फिस्टेल गेटदेखि डिहिको पाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन हुनेछ ।

पार्कमा १३ वटा रेष्टुरेण्ट, अन्यस्टल गरिरे २५ वटा रहने स्टल संयोजक विष्णु बानियाले जानकारी दिए । उनले अम्बोटमा १५ वटा स्टल राखिने र ति स्टलमा हस्ताकलाका सामग्रीका लागि दिने बताए ।
सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने छन् । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी धोजा टाँगेर सिँगारिने छ । अँग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज र विभिन्न रेष्टुरेण्ट, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहने छ ।

सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति राजु लामा, सविन राई, अभए एण्ड स्टिम इन्जस, लाहुरे, अनुपस्थको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

त्यसै गरी ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुबाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, कृष्ण गुरुङ्ग, बद्री पंगेनी, प्रीति आले, राजन गुरुङ्ग, टिका सानु, सरला पाण्डे, राजु परियार, पशुपती शर्मा, संझना भण्डारी, कुमार पुन, पार्वती जिसि, हास्य कलाकारहरु पोख्ररेली माग्ने वुढा युवराज भण्डारी, राजेन्द्र नेपाली, दिवाकर भण्डारीको समुह, मनोज गजुरेल र पुर्खे बा लगाएका कलाकारले हसाउने छन् ।

कमेन्टहरु
Loading...