बहुराष्ट्रिय कम्पनी के.एफ.सी.को शाखा पोखरामा

पोखरा, १६ वैशाख /बहुराष्ट्रिय कम्पनी के.एफ.सी. रेष्टुरेण्टले पोखराको लेकसाइडमा शनिबारबाट शाखा सञ्चालनमा ल्याएको छ । नेपालमा काठमाडौंको दरबारमार्ग र त्रिपुरेश्वरमा सञ्चालित के.एफ.सी.ले राजधानी बाहिर पहिलोपटक पोखरामा शाखा स्थापना गरेको मार्केटिङ म्यानेजर दीप्सा भट्टले जानकारी दिइन् ।

देव्यानी इन्टनरनेशनल नेपाल प्रालिले नेपालमा केएफसी सञ्चालन गर्दै आइरहेको छ । काठमाडौंपछि दोस्रो ठूलो बजार भएकाले केएफसीले पोखरालाई रोजेको भट्टले बताइन् । केएफसीको बास्तविक स्वाद पोखरामा उपलब्ध हुने कम्पनीको दावी छ ।

पोखरामा शाखा स्थापना भएको पहिलो दिन नै केएफसीका पारखीहरुको उत्साहजनक उपस्थिति देखिएको भट्टले बताइन् । अमेरिकी ब्राण्ड केएफसी नेपालमा सन् २००९ अक्टोबरमा सञ्चालनमा आएको हो । पोखरा शाखामा १ सय ५५ जनाको क्षमता छ । भट्टले भनिन्, ‘बिहान ११ देखि राती ११ बजेसम्म नै केएफसी पोखरा खुल्ला रहन्छ ।’

कमेन्टहरु
Loading...