पोखरा फाइनान्सको मुख्य कार्यालय नयाँ ठाउँमा

सागर राज तिमिल्सिना
पोखरा, २५ माघ/पोखराको गैहपाटनमा मुख्य कार्यालय रहेका पोखरा फाइनान्स आजबाट पोखराको न्युरोडमा सरेको छ । कार्यालयको पोखरा फाइनान्सका अध्यक्ष भवन सिह गुरुङ्गले उद्घाटन गरे । भाडाको घरमा कार्यालय सन्चालन गदै आएको फाइनान्सले आफ्नै घर किनेर कार्यालय सारेको हो ।

पोखरा फाइनान्स
पोखरा फाइनान्स

नयाँ कार्यालमा थप सेवा सहित सन्चालनमा ल्याएको अध्यक्ष गुरुङ्गले जानकारी दिए । नयाँ कार्यालयमा लकर सुविधा ३ सय ६५ दिन सेवा, एटिएम लगाएतका सेवा थप गरेको गुरुङ्गले जानकारी दिए । करिब ७ करोडको लागतमा घर निमार्ण गरेको हो । फाइनान्सको ३१ करोड २० लाख चुत्ता पुर्जी, १ अरव ७५ करोड निक्षप संकलन र १ करोड ५० लाख ऋण लगानी रहेको छ ।

कमेन्टहरु
Loading...