पोखरा सिटी रेवानको आयोजा सडकमा फुड फेस्टिवल हुदै

फाइल तस्बिर

पोखरा, ४ फागुन / पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा आठौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुने भएको छ । फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुने सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

यस पटकको महोत्सव सडकमा आयोजना गरिने उनले बताए । पोखराको सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा महोत्सव हुनेछ । महोत्सवमा मौलिक खानाका परिकारका स्टलहरु, हस्तकलाका स्टलहरुलाई विशेष प्राथमिकतामा राखिनेछ ।

स्थानीय संघसंस्थाहरुसँग सहकार्य गरी हुने फेस्टिबलको तयारीलाई तिब्र बनाइएको तिमिल्सिनाले जानकारी दिए । जाल्पादेवी बहुउद्देश्यीय विकास समिति, सिर्जना विकास केन्द्र, जाल्पादेवी सिर्जनशील आमा समूह, जाल्पादेवी तायमचा समूह, पिसजोन एकेडेमीलगायत टोलबासीको भेलाबाट समर्थन लिइ मेला सडकमा गर्न लागिएको तिमिल्सिनाले जानकारी दिए ।

बिगतमा मेला भन्दा पृथक तरिकाले सडकमा मेला आयोजना गर्न लागिएको तिमिल्सिनाले जानकारी दिए । सडकमै विविध सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुनेछ । मेलाको मुख्य प्रायोजन गोर्खा व्रुअरीले गरेको छ ।

मेलाका मुख्य आकर्षणमा खानाका परिकारहरु रहनेछन् । लोप हुन लागेका खानाका परिकारलाई समेत स्टलहरुमा राखिनेछ । कृषि प्रदर्शनीसमेत गरिने उनले बताए । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति दैनिक रुपमा हुनेछ ।

कमेन्टहरु
Loading...