पोखरा चेम्बरको पोखरा सेन्टर युनिट

पोखरा ४ चैत/ पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गत पोखरा सेन्टर युनिट गठन भएको छ ।
पोखरा सेन्टर युनिटको अध्यक्षमा बोधराज सुवेदी, उपाध्यक्षहरुमा डिलाराम लामिछाने र कल्पना तिमिल्सिना, महासचिवमा उमापति ढकाल, सचिवमा चेतनारायण पोखरेल, कोषाध्यक्षमा कृष्ण क्षेत्री र सहकोषाध्यक्षमा सुवास सुवेदी चयन भएका छन ।

युनिटको सदस्यहरुमा समीर परियार, रेशमलाल तिमिल्सिना कल्पना पौडेल शम्भु अधिकारी सुरेनकुमार नेपाली पोसबहादुर भुजेल रहेका छन । सेन्टर युनिटको सल्लाहाकारहरुमा सन्तु सुवेदी, कमलप्रसाद न्यौपाने र भुवानीप्रसाद बराल रहेका छन ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले कास्की जिल्ला भरी कार्य क्षेत्र रहेको चेम्बरले पोखरा महानगरका ८ वटा इकाई बनाउने जानकारी दिए । कार्यक्रममा चेम्बरका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम र बस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुुजेल,महासचिव उमराज बास्तोला, कोषाध्यक्ष कमलबहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...