ब्यापार मेलामादर्शक र कारोवार बढ्दै

पोखरा, ११ माघ/पोखराको नयाँबजार स्थितप्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिकब्यापार मेला–२०७० को तेश्रो दिनशनिबारसम्म २१ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने मेलामा २ करोड ९० लाखको आर्थिक कारोवार समेत भएको छ । आयोजक संस्थापोखरा उद्योग बाणिज्य संघका महासचिवनारायण कोइरालाकाअनुसार मेलामा राखिएका स्टलहरुमा जानकारी लिनेहरुको पनि बढे ।

यता मेलाअन्तर्गत भएको विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा फेवापब्लिक स्कूल, नोभेल एकेडेमी, सूर्योदयबोर्डिङ स्कूल र गुरुकूलविद्याश्रमबीचको प्रतिष्पर्धा सूर्योदय र गुरुकुल अघिल्लो चरणमा प्रवेश गरेको साँस्कृतिकउपसमिति संयोजकदामु अधिकारीले जानकारी दिए । शनिबार भएको धादिङ र लमजुङ उद्योग बाणिज्य संघबीच लोक दोहोरी गीत प्रतियोगितामा धादिङ बिजयी बन्यो ।

राष्ट्रिय औद्योगिक ब्यापार मेला– पोखरामा राखिएको गाउँले घर
राष्ट्रिय औद्योगिक ब्यापार मेला– पोखरामा राखिएको गाउँले घर

बद्रि पगेनी, पार्वती जिसी तारापति सुवेदी, शंकर विरही गुरुङ, ज्योतिलोहनी, माया गुरुङ र सुरेन्द गुरुङ लगायतकाकलाकारहरुको दोहोरी पनिआइतबारको आकर्षण हुने छ । हास्यकलाकार श्री थापा र गोपाल ढकाल दर्शकलाई हसाउँनआउने छन् भने पपआधुनिकतर्फ आइतबार जिनाईन ब्याण्डको लाइभ प्रस्तुतिको साथमाआकर्षक मोर्डन डान्स समावेश गरिएको छ ।

यता संघले दैनिकप्रवेश टिकटमा राखेको सामसुङ मोवाइलको टचस्किन सेटको पुरस्कार उद्घाटन अर्थात मंसिर ९ गते ०३९ नम्बर मंसिर १० गतेको ४२१ लाई प्राप्तभएको संघको सचिवालयले जनाएको छ । यस अघि शनिवार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, राजु गुरुङ, कृष्ण देवकोटा, बद्रि पराजुली,निशापोखरेल रामजीपौडेल, सीता केसी, टेक क्षेत्रीलगायतकाकलाकारहरुले दिलाएका थिए ।

युवराज भण्डारी र राजेन्द्र नेपालीको हाँस्यजोडी पनिशनिबारको आकर्षण रह्यो । पपगायकधिरज राई, कौसल्या गुरुङसहितमोर्डन डान्समा युवाहरु जुर्मुराए । लगानीको सम्वद्र्धन, उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहितआयोजित मेलामाखाद्य, दैनिकउपभोग्य बस्तु, लत्ताकपडा,अटो, पुष्प, लगातका २ सय ७० वटा स्टल रहेका छन् । मेला माघ २० गतेसम्मचल्नेछ ।

कमेन्टहरु
Loading...