व्यापार मेलामा आज मनोज गजुरेलको हाँस्य प्रस्तुति तथा फेसन सो

पोखरा, २५ पुस / पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शुक्रबार हाँस्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहने भएको छ ।

नियमित खुल्ला एकल नृत्य प्रतियोगिता तथा लोकदोहारीपछि मनोज मञ्चमा उक्लने आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । यसैगरि मेलामा साँझ फेसन सोको पनि राखिएको छ ।

विभिन्न डिजाइनहरुले तयार पारेका पोशाकसहित मोडलहरु ¥याम्पमा उतार्ने तयारी गरिएको साँस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिए । यता विहीबारसम्म करिब ५८ हजार जनाले मेलाको अवलोकन गरेका संघका महासचिव तथा प्रचार–प्रसार उपसमिति संयोजक अर्जुन पोखरेलले जनाए ।

शुक्रबार लोकदोहोरीतर्फ वविता बाँनिया (जेरी) , विक्रम परियार, दिलु लामा, केशव घिमिरे,प्रेम बस्याल, पार्वती गुरुङ, प्रेमराज अधिकारीलगायतको प्रस्तुति रहनेछ । विहीबार चर्चित लोकगायक प्रकाश सपुतको विशेष प्रस्तुतिमा दर्शकहरु झुमे । आधुनिक गायक राज सिग्देलले पनि सहभागिलाई भरपुर मनोरञ्जन दिए ।

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वद्र्धन  उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ ।

समृघि स्टिल्स मेलाको मुख्य प्रायोजक हो भने हिमशिखर कृष्ति सहकारीको उपकार ब्राण्डले मेलाको सहप्रायोजन गरेको छ । मेलासँग नेपाल टेलिकम, गरिमा विकास बैंक , एनएमबि बैंक, गोल्छा अर्गनाइजेसन,एनआइसी एसिया बैंक, कुमारी बैंक, हिमश्री फुड्सको रारा चाउचाउ,बरुण बेभरेज, विजय डिष्टिलरी, हाइलाइफ फुड प्रोडक्ट, सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन् ।

मेलाको हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट रहेको छ । मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि,स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको छ ।

कमेन्टहरु
Loading...