ओम डेभलपमेन्ट बैंकको शाखा बिरौटामा

पोखरा, २० वैशाख /ओम डेभलपमेन्ट बैंक लि.ले पोखराको बिरौटामा शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले शाखाको उद्धघाटन गरे । त्यसै गरि पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले शाखाको एटिएम उद्धघाटन गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष सुशील कुमार गोशलीले बैंकका विविध पक्षहरुको जानकारी गराएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बैंकको हालसम्म ५३ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर, एउटा शाखा रहित बैंकिङ्ग सेवा र १६ वटा एटिएम मेशिनबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए । बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन, १७ अर्ब ९ करोड कर्जा लगानी गरी २६ करोड ६३ लाख खुद मुनाफा छ ।

बैंकले जर्मनको के.एफ. डब्लु डेभलपमेन्ट बैंकको सहकार्यमा शाखाहरुबाट कृषि तथा लघु उद्यम कर्जा अन्तर्गत सर्वसुलभ रुपमा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानी गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा र निशुल्क आश्वा सेवा प्रदान गर्दै आईरहेको छ भने नेपाल ईलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम (नेप्स) नेटवर्कको भिजा कार्ड शिघ्र बितरण गर्न लागेको बैंकले जनाएको छ ।

कमेन्टहरु
Loading...