पेट्रोल र डिजलको मूल्य फेरी बढ्यो

पोखरा, १७ पुस / नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य फेरी बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

एक महिना अगाडी पनि प्रतिलिटर १ रुपैया बढाएका थियो । अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ पुगेको छ । पोखरामा भने ५० पैसा प्रतिलिटर कम हुनेछ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।

कमेन्टहरु
Loading...