नेपाल बैंक लिमिटेडको नयाँ शाखा तालचोकमा

पोखरा, ९ जेठ​ /नेपाल बैंक लिमिटेडको नयाँ शाखा तालचोकमा सञ्चालनमा आएको छ । पोखरा महानगरपालिाक वडा नम्बर २७ तालचोकमा सञ्चालनमा आएको नयाँ शाखाको पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी र नेपाल बैंक लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।

बिभिन्न उद्योगि ब्यबसायिहरु, स्थानिय समाजसेवीहरु, बिभिन्न संग सस्थाका प्रमुखहरु, साथै स्थानिय ग्राहकहरुको उल्लासमय उपस्थिति रहेको उक्त कार्यक्रमका लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी, पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, समाजसेवी वावुराम गिरी लगायतले शुभकामना ब्यक्त गर्दै देशको पहिलो बैंक नेपाल बैंकलाई सम्पुर्ण नेपालिहरुको पहिलो रोजाइको बैंक बन्ने वताए ।

हाल गण्डकी प्रदेशका गोर्खा जिल्ला बाहेकका सम्पुर्ण जिल्लाहरुमा बिभिन्न २० वटा शाखाहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दे आईरहेकोमा निकट भबिष्यमा गोर्खा जिल्ला सहित गण्डकी प्रदेशका अन्य बिभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेका हुदा बैंकले आफ्नो उपस्थितिलाई थप दरिलो बनाउदै लैजाने बैंकले जनाएको छ ।

कमेन्टहरु
Loading...