नबिल बैंकको शैक्षिक कर्जा अब अझ सहज

काठमाडौ, १८ भदौ / नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गर्ने शैक्षिक

कर्जाको प्रकृयालाई अझै सहज बनाएको छ । अब विद्यार्थीहरुले सम्बन्धित कलेज÷विश्वविद्यालयबाट भर्नाको लागि

अफर–लेटर प्राप्त गर्नु अघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न व्यवस्था गरेको बैंकका नायब

महाप्रबन्धक रमेश लोहनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विद्यार्थीहरुले प्रयासरत कलेज÷विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्टपार्ने कागजात

सहित बैंकको कुनै पनि शाखामा सम्पर्क सकिने जनाएको छ । नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न

अत्यन्त सहज हुने अपेक्षा उल्लेख छ । जसबाट विद्यार्थीलाई एकातिर कर्जा प्रकृयाको लागि पर्याप्त समय उपलब्द

हुनेछ भने शत्रमा देखिने चाप तथा छोटो समयमा प्रकृया पु¥याउनुपर्ने वाध्यताबाट विद्यार्थीहरु मुक्त हुने लोहनीले

जानकारी दिए ।

संशोधित शैक्षिक कर्जा प्रकृयाको वारेमा जानकारी गराउनको लागि बैंकले विभिन्न शैक्षिक परामर्शदाताहरुसँग

केही दिने पहिले अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको थियो । अन्तक्र्रिया कार्यक्रम बैंकका अध्यक्ष शम्भु प्रसाद

पौड्या, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह लगायत छलफल गरेका थिए ।

कार्यक्रममा शाहले “विद्यार्थीहरुको लागि अझ राम्रो सेवा प्रदान गर्ने उद्देश्यले शैक्षिक कर्जा प्रकृया सरल र सहज

बनाइएको हो । यस्तो प्रकारको कर्जा आवेदन गर्न अब विद्यार्थीहरुले कलेज÷विश्वविद्यालयबाट अफर–लेटरको

लागि लामो समय प्रतिक्षा गरिरहनु पर्दैन । नबिल बैंक आफ्ना सबै ग्राहकहरुलाई सरल किसिमबाट सेवा प्रदान

गर्न सँधै प्रतिवद्ध रहेको छ ।”

नबिल बैंकले ७४ शाखाहरु, ११८ एटिएम काउण्टर, १५ हजार भन्दा बढी रेमिट एजेण्ट सहितको सञ्जाल तथा

संसार भरीका प्रशस्त सम्पर्क संस्थाहरुको माध्यमबाट देश–विदेशमा आफ्नो सेवालाई विस्तार गरिरहेको छ ।

कमेन्टहरु
Loading...