मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारीमा बज्राचार्य

पोखरा, १० जेठ /मुक्तिनाथ विकास बैंक लिको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गर्नु भएका बज्राचार्यले अघि गण्डकी विकास बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका छन् । उनले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको अनुभव रहेको छ ।

मुक्तिनाथविकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेकका एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

कमेन्टहरु
Loading...