मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर

मुक्तिनाथ विकास बैंक
0 238

पोखरा, १७ चैत / एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको बताएको छ ।

फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको हो ।

ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङ्ग मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले १ सय ३६ वटा शाखा, २२ वटा एटिएम, १४ हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, ३२ हजार भन्दा धेरै रेमिट्यान्स् एजेन्ट मार्फत आफ्ना ६ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैकले ग्राहक र मर्चेन्टबीचमा मोबाईल बैंकिङ्ग र क्युआर भुक्तानीलाई सक्रियता पूर्वक प्रोत्साहन गर्दै आएको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...