उत्कृष्टताको उचाइमा माउन्ट कैलाश रिसोर्ट

पोखरा /फेवाताल किनारमा बसेर दिनभर प्राकृतिक सुन्दरतासँग रमाउनेहरुको गज्जबकै भिड लाग्छ । पर्यटनका थुप्रै गतिविधि हुने भएकाले जुनसुकै उमेर समूहका पर्यटक पनि यहाँ आएपछि रमाउँछन् । जब साँझ पर्न थाल्छ तब प्राकृतिक सुन्दरताले अघाएको मनले रमाइलो माहौल, आनन्दको बसाइ, मिठो स्वाद खोज्छ ।

साँझको माहौललाई पर्यटकले खोजेको जस्तै बनाउन यहाँ थुप्रै होटेल, रेस्टुरेन्ट, बार, अनि नेपाली संस्कृति झल्किने रेस्टुरेन्ट, लाइभ म्युजिक र क्लब छन् । पर्यटकहरु आपूmलाई मन पर्ने स्थानमा गएर दिनभरिको थकान मेट्न अनि मन पर्ने परिकार खान खोज्छन् । होहल्ला खासै मन नपर्नेका लागि त्यस्तै शान्त वातावरण भएका रिसोर्ट अनि रेस्टुरेन्ट पनि थुप्रै छन् ।

माउन्ट कैलाश रिसोर्ट बनाएको परिकार
माउन्ट कैलाश रिसोर्ट बनाएको परिकार

त्यस्तै शान्त र उत्कृष्टतामा आफ्नो बेग्लै पहिचान बनाएको बहुब्यन्जनसहितको रेस्टुरेन्ट भएको सुविधा सम्पन्न रिसोर्ट हो माउन्ट कैलाश । सुन्दर अनि सुविधा सम्पन्न बालकोनीसहितका ५१ कोठा रहेको रिसोर्ट ९ वर्षअघि व्यवसायी नरेश भट्टराईले सञ्चालनमा ल्याएका हुन् ।

खुला ठाउँ, स्विमिङ पुल, बगैंचा, र आकर्षक बनावट रहेको रिसोर्ट पोखरा आउने पर्यटकको उत्कृष्ट रोजाइमा पर्छ । फेवातालको पूर्वी दक्षिण बसुन्धरा पार्कसँगै रहेको रिसोर्ट लेकसाइडको मध्य भागभन्दा निक्कै शान्त र हरियाली भएकाले पनि पर्यटकले बढी मन पराउने सञ्चालक भट्टराई बताउँछन् । रिसोर्टमै बसेका पर्यटकका लागि चौबीसै घन्टा सेवा सुविधा भए पनि अन्य पर्यटकका लागि बिहान ६ देखि राति ११ बजेसम्म रेस्टुरेन्टले सेवा दिइरहेको छ ।

माउन्ट कैलाश रिसोर्ट बनाएको परिकार
माउन्ट कैलाश रिसोर्ट बनाएको परिकार

पर्यटकीय होटल र रेस्टुरेन्टमा पाइने थरीथरी परिकार त माउन्ट कैलाश पस्कन्छ नै, आफ्नै पहिचानका परिकारको मेनुपनि उसँग छ । लाम्ब चोप विथ हिमलयन हेर्व्स, फ्रेस ट्राउट विथ लेमन अल्मोंड बटर सौस, हनी मस्टार्ड बार बि क्यु चिकन जस्ता धेरै परिकारको स्वाद लिन सकिन्छ । बगैंचामा बसेर हिमालको दृश्यावलोकन गर्दै चाहेको परिकारको स्वाद लिन पाइने यहाँको विशेषता हो ।

हरेक साँझ स्थानीय गन्धर्व जातिको संस्कृति झल्किने सांगीतिक माहौल भएकाले पनि देशका अरु ठाउँका र विदेशी पर्यटक बढी आउने गरेको रिसोर्टका अप्रेसन मेनेजर टेक गुरुङ बताउँछन् । स्थापनाको छोटो समयमै पर्यटकको मन जित्न सफल माउन्ट कैलाश रिसोर्ट त्यसैले त सबैको आतिथ्यताको असल साथी बनेको छ ।

कमेन्टहरु
Loading...