लेखनाथ उद्योग वाणिज्य संघद्धारा झापा उद्योग वाणिज्य संघलाई स्वागत

लेखनाथ २८, माघ/विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आईपुगेको झापा उद्योग वाणिज्य संघको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले स्वागत एवं छलफल कार्यक्रम आयोजना गर्यो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीको सभापतित्वमा आयोजना गरिएको सो स्वागत कार्यक्रममा भ्रमण टोलीनेता तथा झापा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश ८ालमियाले भ्रमणको उद्देश्य र संघका क्रृयाकलापहरुका वारे चर्चा गर्नु भएको थियो ।

कार्यक्रमका सभापति एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीले आफ्नो संघका गतिविधिहरु, संघका आयआर्जन, मेला महोत्सव लगायत संघले खेलेको भुमिकाका वारेमा चर्चा गर्नु भएको थियो । संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत बिकास, मेला महोत्सव, एक गाउ एक उत्पादन कार्यक्रम, स्थानिय विकास कार्यक्रम, लगायत विभिन्न कार्यक्रम उद्योग वाणिज्य संघहरुको स्थायी आर्थिक श्रोत जस्ता विषयमा केन्द्रित भई भ्रमण टोलिका सदस्यहरुले राखेका विभिन्न जिज्ञासाहरुको वारेमा लेखनाथ उद्योग वाणिज्य संघ र झापा उद्योग वाणिज्य संघका अध्यक्षले जानकारी गराउनुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष सुमन भट्टराई र झापा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेन्द्र घिमिरेले नेपाल उद्योग वाणिज्य महासंघ र जिल्ला उद्योग वाणिज्य संघको सम्वन्धका वारे चर्चा गर्नुभएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव वलराम ढकालले संचालन गर्नु भएको सो कार्यक्रमा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले धन्यवाद मन्तव्य व्यक्त गर्दै आगामी दिनमा यस किसिमको भ्रमण कार्यक्रमले दुई संघ विचको सम्वन्ध अझ सुमधुर हुदै जाने वताउनु भयो ।

कमेन्टहरु
Loading...