लक्ष्मी बैंक पोखरा शाखा द्धारा मानब सेवा आश्रमलाई सहयोग

पोखरा, १६ जेठ/लक्ष्मी बैंक लि. पोखरा शाखा स्थापानाको अवसर पारेर मानब सेवा आश्रम पोखरालाई सहयोग गरेको छ । पोखरा शाखाको १५ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा छोरेपाटनमा रहेको मानब सेवा आश्रमलाई नगद २५ हजार रुपैया सहयोग गरेको हो ।

सहयोग रकम गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेत लगाएतले मानबसेवा आश्रमलाई हस्तान्तरण गरेका थिए ।

लक्ष्मी बैंकको पोखरा शाखाले बैंकको विभिन्न खाता मार्फत आकर्षक ब्याज दरमा निक्षेप संकलन गर्नुका साथै घर/गाडी लगायत विभिन्न उपभोग्य कर्जाका र कृषि/साना व्यवसाय देखि ठूला परियोजना कर्जा समेत गरी सम्पूर्ण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको लक्ष्मी बैंक पोखराका म्यानेजर तथा गण्डकी प्रदेशका प्रमुख सन्दिप मानन्धरले बताए ।

लक्ष्मी बैंकको हाल नेपालभरी ७ वटै प्रदेशका ४७ जिल्लाहरुमा १०६ शाखा कार्यालयहरु र १२८ ए.टि.एम काउन्टरहरुबाट आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

लक्ष्मी बैंक लि. पोखरा शाखाले यस अघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराका बिभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम, बृक्षारोपन, डष्टबिन वितरण लगायतका सामाजिक कार्यहरु गर्दै आएको मानन्धरले बताए ।

आश्रमले खुला आकाशमुनी सडकका किनाराहरु एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न विवश व्यक्तिहरु, अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं मनोरोगीको उद्दार, उपचार, पालन पोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको काम गर्दै आएको छ । सेवा आश्रममा हाल ८० जना आश्रित रहेका छन् ।

कमेन्टहरु
Loading...