पोखराको न्युरोडमा कमल सुनचाँदी दुकान

पोखरा, १४ जेठ /म्याग्दीको बेनीमा पुर्ख्यौली व्यवसाय सञ्चालन गर्दै आइरहेको कमल सुनचाँदी दुकान पोखराको न्युरोडमा सञ्चालनमा आएको छ । कमल विश्वकर्माले लगानीलाई विस्तार गर्दै पोखरामा कमल सुनचाँदी दुकान सञ्चालनमा ल्याएको हो ।

इन्जिनियर अध्ययन गरेका विश्वकर्माले देशमै केही गर्ने सोचका साथ पुर्ख्यौली व्यवसायलाई आधुनिकता शैलीमा विस्तार गरेका बताए । सुनचाँदी व्यवसायमा परिस्कृत सेवासहित गण्डकी प्रदेशलाई समेट्ने उद्देश्य सहित पोखरामा दुकान सञ्चालन गरिएको विश्वकर्माले बताए ।

ग्राहकको चाहना तथा अर्डन अनुसारका गरगरहना डिजाइन गरिने उनले बताए । ‘कालिगढले गहना डिजाइन गरेको ग्राहकले प्रत्यक्ष अवलोकन गर्नसक्ने व्यवस्थासमेत गरिएको छ,’ उनले भने, ‘ग्राहकलाई पूर्ण सन्तुष्ट बनाउन हामी लागिपर्नेछौं ।’

३ करोड रुपैयाँ अधिकृत पुँजी रहेको दुकानमा अहिले करिब २ करोड रुपैयाँ लगानी भएको छ । आवश्यकता अनुसार लगानी विस्तार गरिने विश्वकर्माले बताए । दुकानमा बेनी र पोखरामा गरेर १६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘पुराना तथा मौलिक पहिचानका गहनासहित जातजाति तथा संस्कृति झल्कने गहना हामी तयार पार्छौं,’ उनले भने, ‘अर्डर अनुसारका आधुनिक गहनाका लागि पनि हाम्रो दुकान प्रशिद्ध छ ।’ पुर्ख्यौली व्यवसायमा विश्वकर्मा आफै २० वर्षदेखि सम्लग्न छन् । दुकानको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको थियो ।

कमेन्टहरु
Loading...