बजेटमा २० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

पोखरा, १ जेठ / कोरोना भाइरसका कारण ठूलो संख्यामा सर्वसाधारणले रोजगारी गुमाएको र गुमाउने क्रम जारी रहेको बेला सरकारले आउँदो वर्ष करिब २० लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक हुनुअघि मन्त्रालयहरुले २० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने जानकारी गराएका हुन् । यो संख्या चालु आर्थिक वर्षको भन्दा ६ लाखले बढी हो । सरकारले आगामी वर्षको बजेट बनाइरहेको आजको नागरिक दैनिकमा रुद्र खड्काले समाचार लेखेका छन् ।

आगामी दिनमा रोजगारी सिर्जना गर्ने सम्भावना बोकेका ११ मन्त्रालय (राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत) ले आगामी बजेटका लागि सरकारलाई गरेको प्रस्तावमा अधिकांशले हालको भन्दा थोरै संख्याले मात्र बढी रोजगारी सिर्जना गर्न सकिने उल्लेख गरेका छन् ।

विदेशबाट फर्कने र स्वदेशमा रोजगारी गुमाएका समेत जोड््ने हो भने तत्काल कम्तीमा २० लाखलाई रोजगारी दिनुपर्ने देखिएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार देशभरि दर्ता गरिएका नौ लाख २२ हजार उद्योग, प्रतिष्ठानमा कोरोना महामारीअघि करिब ३४ लाखले काम गर्थे । त्यस्तै ठूलो संख्याका श्रमिकले अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् ।

कमेन्टहरु
Loading...