गरिमा विकास बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच सम्झौता

पोखरा, २४ वैशाख /गरिमा विकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारी पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।

विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकान्स्योरेन्स कार्य पनि एक महत्वपूर्ण कार्य रहेको विकास बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

कमेन्टहरु
Loading...