गृहलक्ष्मीको रवैया उस्तै

पोखरा,४ जेठ /गृलक्ष्मी ग्याँस कम्पनीले पुरानै डिलरहरुलाई ग्याँस आपूर्ति गर्ने प्रशासनसँग भएको सहमति लत्याएको छ । कम्पनीले पुराना डिलरहरुलाई नै ग्याँस दिने भन्ने सहमति भए पनि भूमिगत रुपले खडा गरिएका डिलरहरुलाई नै ग्याँस बितरण गरेको एलपी ग्याँस बिक्रेता संघ कास्कीका सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष संजिवबहादुर कोइरालाले आरोप लगाए ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण रेग्मीको रोहवरमा भएको सर्वपक्षीय बैठकले पोखरामा रहेका दुबै ग्याँस उद्योगको बितरण प्रणाली अनुगमन गरिने तथा नेपाल आयल निगम गगनगौँडा शाखाका प्रमुख मनोज ठाकुरको संयोजकत्वमा अध्ययन टोली गठन गरी १० दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको थियो । सो सहमतिपछि पोखरामा रहेका ग्याँस डिलरहरुले गृहलक्ष्मीसहित सबै ग्याँस बिक्री बितरण गर्ने सहमति जनाएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा भएको सो बैठकमा गृहलक्ष्मी ग्याँस कम्पनीका प्रतिनिधी समेत सहभागी थिए । गृहलक्ष्मीले अभावको बेला भूमिगत डिलरमार्फत नयाँ ग्याँस सिलिण्डर बिक्री गरेको र विभिन्न व्यवसायीबाट सिलिण्डरबापतको डिपोजिट पनि उठाएको आरोप व्यवसायीहरुको रहेको छ । यता, ग्याँस बितरण प्रणाली र ग्याँस कम्पनहिरुको अनुगमन गर्ने भनिए पनि मंगलबार सो कार्य समेत भएन ।

कमेन्टहरु
Loading...