पोखरा लेकसाइडमा नेपाल टेलिकमको फाइवर टु द होम प्रविधि सुरु

पोखरा, १६ माघ/ नेपाल टेलिकम पोखराले पर्यटकीय क्षेत्र लेकसाइडबाट एफटिटिएच (फाइवर टु द होम) प्रविधिमा आधारिच उच्च गतिको इन्टरनेट सहितको भ्वाइस टेलिफोन सेवा शुरु गरेको छ । पोखरा महानगरका ग्राहकलाई परम्परागत कपर केबलमा आधारित ल्याण्डलाइन टेलिफोनलाई एफटिटिएच (फाइवर टु द होम) लाइनमा रुपान्तरण गर्ने कार्यको सुरुवात गरिएको हो ।

सेवाको नेपाल टेलिकमका नायव प्रवन्द्धक निर्देशक प्रमोद परमारले पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई राउटर हस्तान्तरण गरेर लेकसाइडवाट सेवा लिएर शुभारम्भ गरे । नेपाल टेलिकप पोखराका अनुसार पहिलो चरणमा पार्दी एक्सचेञ्जबाट वितरित ३ हजार पीएसटीएन लाइन एफटिटिएच प्रविधिमा रुपान्तरण गरिने र क्रमिक रुपमा रानीपौवा, महेन्द्रपुल, शिशुवा, हेमजा, दमौलीबाट वितरित लाइनको रुपान्तरण गरिने छ ।

हाल संचालित एफटिटिएच लाइनमा एउटै फाइवर केवलबाट ग्राहकले उच्च गुणस्तरको २ वटा लाइन भ्वाइस टेलिफोन सेवा, ५५ एबीपीएस सम्मको उच्च गतिको इन्टरनेट सेवा तथा आईपीटीभी सेवा उपभोग गर्न सक्नेछन् । विस्तारले नेपाल सरकारको स्मार्ट सिटीको अवधारणामा थप टेवा पुग्ने नेपाल टेलिकमले विश्वास लिएको जनाएको छ । सो सेवा लिन वार्षिक ८ हजार रुपैयाँ लाग्ने जनाइएको छ ।

कार्यक्रमा नेपाल टेलिकमका नायव प्रवन्द्धक निर्देशक प्रमोद परमार, नेपाल विद्युत प्राधिकरणका प्रदेश प्रमुख टेकनाथ तिवारी, नेपाल टेलिकमका क्षेत्रिय प्रमुख सुर्य नारायण मालाकार, नेपाल टेलिकमका प्रोजेट म्यानेजर सर्वेज्ञ काजी कंङसकार, नेपाल टेलिकमका पोखराको प्रमुख सुरेन्द«मान सिँह, टेलिकमका महेन्द्र रिमाल, पश्चिमाञ्च होटल संघका पुर्व अध्यक्ष भरत पराजुली र पत्रकार बद्रि विनोद प्रतिक लगाएतले टेलिकमको सेवालाई अझ प्रभावकारी बताउनु पर्ने बताएका थिए ।

कमेन्टहरु
Loading...