फेवाबजारमा अफर भित्रको अफरः १ रुपैयाँमा १ केजी चिनी

पोखरा, १३ माघ/ फेवाबजार डटकम (http://fewabazar.com)  ईकमर्सले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर घोषणा गरेको छ । फेवाबजारले माघ ५ गतेदेखि १७ गतेसम्म दिने अफर भित्र नया अफर स्वरुप १ रुपैयाँमा १ केजी चिनी दिने अफर घोषणा गरेको हो ।

ग्रोसरीको शुरुवात र ईसेवासँग सहकार्य गरेको अवसरमा फेवाबजारले यो अफर दिने घोषणा गरेको फेवाबजार डटकम इमर्सका सञ्चालक तथा कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । अफरका लागि १ रुपैयाँमा चिनी खरिद गर्नका लागि एप्सबाटै सपिङ र भुक्तानी गर्नुपर्ने उनले बताए । स्टक सिमित रहने भएकाले तत्काल फेवाबजारको एप डाउनलोड गरि अर्डर गर्न आग्रह गरे ।

फेवाबजार डटकम ईकमर्सले ईसेवासँग सहकार्य भएको उपलक्ष्यमा ५० प्रतिशतसम्म छुट पनि दिइरहेको छ । यो अफर माघ ५ गतेदेखि शुरु भएर माघ १७ गतेसम्म जारी रहने इसेवाबाट रकम भुक्तानी गर्नेलाई फेवाबजार डटकम ईकमर्सले ५ प्रशितत क्यासब्याक अफरपनि दिइरहेको फेवाबजार डटकम ईकमर्सका प्रबन्धक गोविन्द आचार्यले जानकारी दिए ।

फेवाबजार डटकम ईकमर्समा २० हजार देखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ । फेवाबजारबाट विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, किचन एप्लाइन्सेस, फर्निचर, क्लोथिङ, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, लगेज ट्राभल गियर, स्टेसनरी, ग्रोसरी, कस्मेटिक, मेसिनरी औजार लगायतका सामाग्री अनलाइनमार्फत खरिद गर्न सकिन्छ ।

खरिदगरिएको सामाग्रकिो होम छिटो र सहज तरिकाले होम डेलिभरी गरिने फेवाबजार डटकम ईकमर्सका प्रबन्धक गोविन्द आचार्यले जानकारी दिए । फेवाबजार डटकम ईकमर्सले पोखराको दीपचोकमा मुख्य कार्यालय र कर्पोरेट अफिस काठमाडौंमा राखेर देशभर सेवा दिइरहेको छ ।

कमेन्टहरु
Loading...