रोजगारीको ग्यारेन्टीसहित परिचयमा ‘ग्राफिक्स डिजाइन’ तालिम

पोखरा, १७ साउन /परिचय एडभारटाईजिङको आयोजनामा पोखरामा ग्राफिक्स डिजाइन तालिम सुरु भएको छ । सहभागी शतप्रतिशतलाई रोजगारी ग्यारेन्टी गर्नेगरी कोर्ष सञ्चालन गरिएको परिचयका अध्यक्ष शोभित बस्यालले जानकारी दिए ।

कोर्षको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । पहिलो चरणमा बिहान र बेलुका १÷१ सिफ्टमा कोर्षको कक्षा सञ्चालन हुनेछ । प्रशिक्षार्थीको माग अनुसार आगामी दिनमा कोर्षलाई निरन्तरता दिइने उनले बताए । ग्राफिक्स डिजाइनमा लामो समयको अनुभव हाँसिल गरेका प्रविन्दर सिंह र सबिन उदाले प्रशिक्षण दिनेछन् ।

एक महिने कोर्षमा एडोभ फोटोसप, एडोभ इलुस्ट्रेटर, एडोभ इनडिजाइन लगायत ग्राफिक डिजाइन सम्बन्धी ज्ञान प्रदान गरिने प्रवन्धक रोजिना लामाले जानकारी दिइन् । डिजाइनका क्षेत्रमा दक्ष जनशक्तिको माग राम्रो रहेकाले कोर्ष सञ्चालन गरिएको बस्यालले बताए । ‘अत्याधुनिक सुविधा सम्पन्न ल्याबमा पूर्ण प्रयोगात्मक विधिबाट कक्षा सञ्चालन हुनेछ,’ उनले भने ।

कमेन्टहरु
Loading...