पर्यटकको बसाई लम्ब्याउन टुरिष्ट गाइड तालिम

पोखरा, २२ भदौ / पोखरामा पर्यटकको बसाई लम्ब्याउन र पर्यटकलाई सहि सुचना प्रवाह गर्ने उद्देश्यले पोखरामा १० दिने टुरिस्ट गाइड तालिम सुरु भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् अन्तराष्ट्रिय श्रम संगठन जापानको सहयोगमा सञ्चालित तालिममा नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट(नाथम) ले प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।

पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पु¥याउन र औपचारिक रुपमा टुरिष्ट गाइडहरूलाई व्यवस्थित गर्न तालिम आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए । टुरिष्ट गाइड तालिमका लागि धेरै युवा आकर्षित भए पनि यस चरणमा जम्मा ४१ जना युवालाई सहभागी गराउन सकिएको जानकारी दिदै उहाँले तालिमका अन्य आकांक्षीका लागि चाँडै नै अर्को तालिम आयोजना गर्ने सोच राखिएको जानकारी दिए ।

तालिमको उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख उदय भट्टराई, नाथमका यातायात एवम् अनुसन्धान विभागका प्रमुख कृष्ण खरेल, परिषद्का पूर्व अध्यक्षद्वय डम्बर बहादुर केसी र टिकाराम सापकोटा, उपाध्यक्ष चिरञ्जीवि पोखरेल, महासचिव रामु गौतम लगायतले टुरिष्ट गाइडको भूमिकाले पर्यटकको बसाइ लम्ब्याउने तथा छोट्याउने कुरा प्रत्यक्ष निर्भर हुनेमा जोड दिए ।

तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न सके यसले समग्र पोखराको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्नेमा उनको जोड थियो ।

कमेन्टहरु
Loading...